Loading... आजः ६ पुष २०८१, शनिबार

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रबारे रुकुम र सुर्खेतबीच रस्साकस्सी

गृहमै अडकीयो फाईल

सुर्खेत ।
प्रहरी तालिम केन्द्र कहाँ राख्ने भन्ने विषयमा सत्तारुढ दलहरुका नेताहरु बीच आफ्नो स्थानमा लैजान रस्साकस्सी चलेपछि सुर्खेत वा रुकुम कहाँ राख्ने भन्ने निर्णय ओझेलमा परेको छ ।

प्रदेश प्रहरी कार्यालयले पञ्चपुरीको दुललाथाई र रुकुम पश्चिमको चौरजहारी मध्ये एक स्थानमा राख्ने निर्णय गरेर पठाएपनि फाईल गृह मन्त्रालयमा अडकिँदा केन्द्र कहाँ राख्ने भन्ने अन्यौल बढेको हो ।

गृहमन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठ छन् । उनको मन्त्रालयमा फाईल पुगेको लामो समय भइसक्दा पनि हालसम्म कुनै निर्णय नभएको प्रहरी स्रोत बताउँछ ।

‘हामीले सुने अनुसार पछिल्लो समयमा माओवादीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले चौरजहारीमा राख्नुपर्ने लविङ गर्न थालेका छन् भने काँग्रेसका नेताहरुले सुर्खेतमा नै राख्नुपर्ने बताइरहेका छन् । उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानी निरन्तर दुलाल थाईमै तालिम केन्द्र बनाउनु पर्ने अडानमा छन् ।’ सोत भन्छ, ‘दुवै दलका नेताहरुबीच स्थानको टुंगो लाग्न नसक्दा ढिलाई भएको हो ।’

यसअघि नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र कर्णालीमा नै राख्नुपर्ने जनस्तरबाट चर्को दवाव आएसँगै कर्णालीमा केन्द्र स्थापना गर्ने निर्णय गर्न सरकार बाध्य भएको थियो । तर सत्तारुढ दुई दलबीच स्वार्थको लडाई हुँदा कहाँ राख्ने भन्ने ननिर्णय हुन नसकेको बताइएको छ ।

यता, प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी भीम प्रकाश ढकालले आफूहरुले दुुई स्थानमध्ये एक स्थानमा राख्न मन्त्रालयलाई परिपत्र गरिसकेको बताए ।

‘हाम्रोतर्फबाट सबै प्रक्रिया पुरा भइसकेको छ । राजनीतिक नेतृत्वले निर्णय गरेको खण्डमा काम सुरु गर्न कुने समस्या छैन ।’ उनले भने ।


सम्बन्धित समाचार