नागबंशि समाज कर्णालिको अध्यक्षमा राजकुमार
सुर्खेत ।
कौशिल्या गोत्र अन्तर्गत नागबंशि सेवा समाजको अध्यक्षमा दैलेखको आठबिस नगरपालिका नौ का राजकुमार बडुवाल चयन भएका छन ।
आज बिरेन्द्रनगरमा आयोजना गरिएको चौथो साधारणसभा, प्रथम अधिबेशन एबम टीका ग्रहण कार्यक्रममा उनको नेतृत्वमा १३ सदस्यीय समिती गठन गरिएको हो ।
उपाध्यक्षमा हरिकला बडुवाल, सचिबमा मोतीराम बडुवाल, कोशाध्यक्षमा ललिता बोगटि बडुवाल, सहसचिबमा अकल बडुवाल चयन भएका छन ।
सदस्यहरुमा जनक बडुवाल, दल बडुवाल, रमेश बडुवाल,कबिता बडुवाल, दान बडुवाल, धर्मराज बडुवाल र मदन बडुवाल रहेका छन ।
कार्यक्रमलाइ सम्बोधन गर्दै निबर्तमान अध्यक्ष छत्र बडुवालले सस्था स्थापना गर्नुको कारण बडुवालहरुमा आइ पर्ने समस्यासङ्ग जुध्नु रहेको बताए ।
उनले कहि कतै नागबंशि बडुवाल बिरामी भएको खबर भए दस देखि बीस हजारसम्म आर्थिक सहयोग गरिने बताए ।
सल्लाहकार शरण बडुवालले नागबंशिहरु भन्नाले बडुवाल, सिजापती र बानिया पर्ने गरेको बताए ।
“नागराजले सिजामा राज्य गरेदेखि आजसम्म छरपस्ट भएका हुदा बंश भित्रका समस्या साट्ने, आफ्ने पहिचान खोज्न र क्षमता आदान प्रदान गर्ने यो सस्था स्थापना गरेका हौं ।” उनले भने ।
सस्थाका अर्का सल्लाहकार मोहन बडुवालले बिगतमा जस्तै सामाजिक सेवामा यो सस्था लागिपर्ने अपेक्षा व्यक्त गरे ।
“बिगतमा सस्थाले राम्रो कार्य गरेको छ । दिन दुखिको सेवा गरेको छ ।” उनले भने,”नया गठन भएको सस्थाले थप राम्रा, परोपकारी काम गर्दै जानेछ भन्ने अपेक्षा गर्दछु ।”
सस्थाले स्थापना काल देखि हालसम्मा कुल ८३ हजार १९० आम्दानी भएकोमा ७२ हजार १९० खर्च भएको जनाएको छ । बाकी रकम सस्थाको खातामा जम्मा रहेको बताइएको छ ।
पहिलोप्रेस
११ कार्तिक २०८०, शनिबार १५:०९