Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्पबाट सल्यानको दार्मा सबैभन्दा बढी प्रभावित

सुर्खेत ।
कात्तिक १७ गते आएको भूकम्पले सल्यान जिल्लाका विभिन्न पालिका मध्ये सबैभन्दा बढी दार्मा गाउँपालिका प्रभावित भएको पाइएको छ । मंगलबार बसेको विपद व्यवस्थापन समितिको वैठकमा उक्त तथ्यांक सार्वजनिक भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार दार्मा गाउँपालिकामा सबै भन्दा बढि ७९४ ओटा घरमा क्षति भएको हो । यी घरमा बस्दै आइरहेका २४९६ जना बिस्थापित भएको उनको भनाई छ ।

त्यस्तै बागचौर नगरपालिकामा ५० घर, बनगाड कुपिन्डे नगरपालिकामा ११० घरमा क्षति भएको उनको भनाई थियो । भूकम्पले कुमाखमा पनि क्षति गरेको भएपनि हालसम्म यर्थाथ विवरण भने नआइसकेको उनको भनाई थियो ।
ययसैबीच, सबैभन्दा बढि क्षेति भएको दार्मा गाउँपालिकामा ७९४ घर पूर्ण रुपमा क्षति भएको बताइएको छ । पालिकामा कूल ४ हजार ३३७ घर धुरी रहेकोमा यी घरहरुमा बस्न नसकिने अवस्था रहेको मन्त्री शर्माले जानकारी दिए

जसअनुसार, वडा नं. एकमा १२९, दुईमा १५१, तीनमा २४, चारमा ३० ओटा घर पूर्ण रुपमा क्षति भएका छन् ।
सबैभन्दा बढी प्रभावित वडा नं. पाँचमा ३९५ घर र वडा नं. ६ मा ६५ घर पूर्ण रुपमा क्षति भएको मन्त्री शर्माले बताए ।

 

 


सम्बन्धित समाचार