Loading... आजः ४ पुष २०८१, बिहीबार

पीडितलाई राहत दिलाउन कर्णाली सरकारसँग कुरा गर्छुः प्रदेश प्रमुख परियार


सुर्खेत ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पमा परि पीडित भएका नागरिकलाई राहत दिन प्रदेश सरकारसँग कुरा गर्ने कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बताएका छन् ।

मंगलबार जाजरकोटका विभिन्न स्थानमा भूकम्पले गरेको क्षतिको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले नागरिकलाई तत्काल राहत तथा पुर्नस्थापना गर्न आवश्यक भएको बताए । त्यसका लागि आफूले प्रदेश सरकारसँग कुरा गर्ने उनको भनाई थियो ।

उनले जाजरकोटका अस्पतालमा रहेका घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए ।

 


सम्बन्धित समाचार