Loading... आजः ४ पुष २०८१, बिहीबार

काँग्रेसका महामन्त्रीसहितको टोली भूकम्प प्रभावित स्थल जाँदै

महामन्त्री थापा जाजरकोट र शर्मालाई रुकुमको जिम्मेवारी


सुर्खेत ।
नेपाली काँग्रेसका केन्द्रीय महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

आज प्रदेश कार्यसमितिको वैठक बसेर केन्द्रबाट आएका महामन्त्रहिरुको नेतृत्वमा भूकम्पपीडित बस्तीमा अध्ययनका लागि जाने निर्णय भएको नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले बताए ।

उनका अनुसार आज विहान बसेको वैठकले भूकम्प प्रभावित जाजरकोटमा महामन्त्री गगन थापाको नेतृत्वमा आज, भोली र पर्सी स्थलगत अध्ययन तथा निरिक्षण गरिनेछ भने रुकुम पश्चिममा अर्का महामन्त्री शर्माको नेतृत्वमा प्रदेश समितिको टोली परिचालित हुनेछ ।

उक्त टोलीले भूकम्पका कारण शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार देखि समग्र अवस्थाको अध्ययन गर्नेछ । उक्त अध्ययन पश्चात महामन्त्रीज्यूको टोलीले केन्द्र सरकार र प्रदेश सरकारलाई समस्या समाधानका लागि आवश्यक सल्लाह, सुझाव र परामर्श दिनेछ, प्रवक्ता शाहीले भने ।

वैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता एवम पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

उनले भूकम्पले ठूलो मात्रामा घरहरु ध्वस्त भएको बताउँदै अब तत्काल पानी पर्दा नचुहिने खालका अस्थायी घरहरु निर्माण गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।

“अब उद्धारको काम करिब सकिएको छ । अबको हाम्रो ध्यान भनेको अस्थायी संरचना निर्माणमा नै केन्द्रीत गर्नुपर्ने देखिन्छ ।” वैठकमा उनले भने, “त्यसकालागि प्रदेश, स्थानीय र संघीय सरकारका अलावा दातृ निकायको पनि सहयोग लिएर एकीकृत रुपमा अघि बढनुपर्छ । यो महाविपत्तिमा संघीय सरकारले बढि भन्दा बढि सहयोग गर्न आवश्यक रहेको छ ।”

वैठकलाई सम्वोधन गर्दै महामन्त्रीद्धयले प्रत्यक्ष अनुगमन गरेर जनताका समस्या समाधानका लागि संघीय सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाए ।


सम्बन्धित समाचार