Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्पपीडितको उपचारमा प्रदेश अस्पतालको भूमिका राम्रोः नेता कंडेल

"संकटको समयमा सरकारलाई निरन्तर सहयोग गरिरहेका छौँ"


सुर्खेत ।
नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कंडेलले कर्णाली प्रदेशको प्रदेश अस्पतालले भूकम्पपीडितको उपचारमा राम्रो भूमिका खेलेको पाइएको बताएका छन् ।

आज विहान अस्पतालमा उपचार गराइरहेका घाईतेहरुको अवस्था बुझेका नेता कंडेलले अन्यत्र भन्दा प्रदेश अस्पताल भन्दा विरामीलाई राम्रो सेवा सुविधा दिन आग्रह गरिरहेको स्मरण गराउँदै घाईतेहरुको उपचारमा सन्तोषजनक कार्य अस्पतालले गरेको बताए ।

“घाईतेहरु सबैसँग बुझ्दाखेरि सबै सन्तुष्ट भएको मैले पाएँ । अस्पतालबाट उनीहरु कसैलाई पनि नराम्रो व्यवहार गरेको वा उपचारमा ढिलासुस्ती गरेको मैले पाएन ।” पहिलोप्रेससँग कुरा गर्दै नेता कंडेलले भने, “युवा संघ नेपालका वासु आचार्य देखि वीरेन्द्रनगर नगरपालिकाले पनि घाईतेहरुको उपचारमा निरन्तर सहजीकरण गरिरहेको पाइयो । यसले गर्दा पनि घाईतेहरुलाई सहज भएको मैले महसुस गरें ।”

उनले अहिले घाईते सबैको स्वास्थ्य अवस्था ठिक रहेको बताउँदै आफूहरु उनीहरुको अवस्था बुझ्न मात्रै अस्पताल गएको बताए ।

उनले भूकम्पका कारण प्रदेशमा आएको संकटका विरुद्ध आफूहरु निरन्तर सरकारसँगै रहेको बताए ।
“यो विपत्तिको सामना गर्न हामी निरन्तर सरकारसँगै छौँ ।” नेता कंडेलले भने, “अब हामी पनि वैठक बसेर भूकम्प प्रभावित जिल्लामा जाने र पुर्ननिर्माणमा लाग्ने गरि अघि बढछौं ।”


सम्बन्धित समाचार