Loading... आजः २२ आश्विन २०८१, मंगलवार

श्री एअरले सुर्खेतमा उडान गर्न पाएको छैन अनुमति, सामाजिक सञ्जालमा भ्रम मात्रै छरियो

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलमा श्री एअरलाईन्सले उडान भर्ने अनुमति पाएको भनेर विहीबार सामाजिक सञ्जालमा हल्ला खल्ला भएको छ ।

सुर्खेत–काठमाडौंमा दैनिक दुई उडान भरिरहेको बुद्ध एअरसँग श्री एअरको प्रतिस्पर्धा हुने र काठमाडौं जान सस्तो भाडा कायम हुने अपेक्षा कर्णालीवासीको उहिल्यै देखिको हो । तर सामाजिक सञ्जालमा श्री एअरले अनुमति पाएको भनेर छरिएका हल्ला भ्रम मात्रै भएको पाइएको हो ।

श्री एअरलाईन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले हालसम्म नागरिक उड्डयन प्राधिकरणबाट सुर्खेत उडानको अनुमति नपाइएको पुष्टि गरे ।

‘हामीले तीनवर्ष पहिला पनि उडान अनुमतिका लागि प्रक्रिया सुरु गरेका थियौं । विचमा विविध कारणले प्रत्रिया ओझेलमा प¥यो ।’ म्यानेजर मानन्धरले पहिलोप्रेससँग भने, ‘अहिले पनि हामी उडान अनुमतिको प्रक्रियामै छौं । हालसम्म हामीले अनुमति पाएका छैनौं । दुई चार दिनमा अनुमति पाउँछौं कि भन्ने अपेक्षामा हामी छौं ।’

पछिल्लो समयमा कर्णालीमा श्री एअरले उडान भर्ने अनुमति पाएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य भइरहेको मानन्धरको यो भनाईले पुष्टि गरेको छ ।

 


सम्बन्धित समाचार