Loading... आजः २३ भाद्र २०८१, आईतवार

जाजरकोटबाट राहत सामान ‘हाईज्याक’ गरि रुकुममा बाँडिएको कुरा राजनीतिक हल्ला मात्र होः शाह


सुर्खेत ।
पछिल्लो दुई दिन यता जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेका नागरिकलाई राहत सामाग्री वितरण बार सामाजिक सञ्जालमा व्यापक हल्ला भइरहेको छ ।

१७ कात्तिका गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिमलाई नराम्ररी धक्का दियो, जसका कारण हजारौं घरहरु ध्वस्त भए भने लाखौं नागरिकहरु सडकमा आउन बाध्य भए । सयौं नागरिकले अकालमै ज्यान गुमाउनुप¥यो । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण यी दुव्ै जिल्ला बाहेक सल्यानपनि पीडित बन्यो ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा राहत सामाग्री वितरणबारेमा विभिन्न कोणबाट सरकार, सांसद तथा मन्त्रीहरुको आलोचना हुँदै गइरहेको छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिममा ट्रक नै ‘हाइज्याक’ गरेर राहत सामाग्री आफू निकटका कार्यकर्तालाई बाँडेको भनेर हल्ला चलेको छ ।

यसै सन्दर्भमा रुकुम पश्चिमबाट सात पटक प्रतिनिधिसभामा चुनव लडेपनि दुई पटक चुनाव जितेर राज्यमन्त्रीसमेत भइसकेका नेपाली काँग्रेस रुकुम पश्चिमका प्रभावशाली नेता गोपालजंग शाहसँग रुकुम पश्चिमको राहत वितरणमा केन्दीत रहेर पहिलोप्रेसले संक्षिप्त कुरा गरेकोछ ।

प्रस्तुत छ उनिसँग गरिएको कुराकानीको सम्पादित अंशः
१७ गते राती भूकम्प आयो । त्यतिबेला म काठमाडौंमा थिएँ । भूकम्प आएको र ठूलो क्षति भएको खबर पाएसँगै म काठमाडौं देखि नेपालगन्ज भएर रुकुम पीश्चम पुगें ।

जिल्लाको आठबीसकोट र सानीभेरीमा ठूलो मानवीय क्षति भएको, अन्य पालिका वाँफीकोट, मुसिकोट, त्रिवेणी र चौरजहारीमा मानवीय क्षति नभएपनि ठूलो मात्रामा घरहरु भत्किएको खबरे मलाई उकुसमुकुस बनाएको थियो । त्यसपछि हामी १९ गतेदेखि नै प्रभावित क्षेत्रमा जाने, जनताका समस्या बुझ्ने र जनतालाई आवश्यक राहत सामाग्रीको जोहो गर्ने कार्यमा नेपाली काँग्रेस रुकुम, माओवादी केन्द्रका नेता जनार्दन जीसहितको टोली खटियौं ।
घाईते भएकाहरुलाई सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म पठायौं भने सामान्य घाईते भएकाहरुलाई पालिकास्तरमै र जिल्ला स्तरमै उपचार गरायौं ।

जिल्लामा ठूलो क्षति भएपछि शर्मासहित हामी जिल्ला विपद व्यवस्थापन समितिको वैठकमा गयौं । त्यहाँ हामीले एकद्धार नीतिबाट राहत सामाग्री वितरण गर्नेनिर्णय ग¥यौं । जसमा जिल्लाले राहत सामाग्री लिने र त्यो सामाग्री पालिकाले जिम्मा लिएर नागरिकलाई वितरण गर्ने निर्णय भयो । उक्त राहत सामाग्री वितरण गर्दा राजनीतिक दलका प्रतिनिधिको रोहवरमा गर्ने भन्ने निर्णय समेत भयो ।

मंगलबार प्रभाकर र हाम्रो टोली आठबीसकोट नगरपालिकाको वडा नं. १३ र १४ मा स्थलगत अध्ययन गर्न गयौं । जहाँ एकाघरका पाँच जनासम्मको मृत्यू भएको थियो ।

बुधबार सोही पालिकाको वडा नं. ९ देखि १२ नम्बरमा हामी गयौं । त्यसपछि प्रधाकर फर्किनुभयो । हामी भने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउनु भएका कारण हाम्रो टोली त्यहाँ खटियो । हामीले सानीभेरी गाउँपालिकाको वडा नं. एक र चारमा समेत अनुगमन ग¥यौं । त्यसपछि महामन्त्री ज्यू फर्किनु भयो ।

मैले हिजो विहान सामाजिक सञ्जाल हेरें । कायाकैरन सुन्दा प्रभाकरले राहत सामाग्री हाईज्याक गरेर रुकुमा लिएको भन्ने समाचार सुनें । त्यो समाचार सुन्दा म अक्क न बक्क भएँ ।

रुकुम जाने चार ओटा बाटोहरु छन् । ती बाटोबाट रुकुमका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहत सामाग्री पालिकामा गएको छ । राजनीतिकदलका नेताले वितरण गर्ने भन्ने कुरा कतै छैन । कहिले त्यहाँ सोलार गयो भन्ने कुरा कसैलाई पनि थाहा छैन । न त त्यहाँ सोलार वितरण गरिएको छ, न त राहत सामाग्री बोकिएका ट्रक हाइज्याक नै भएका छन् ।

यो हल्ला मात्र हो । साठी प्रतिशत जनता जाजरकोटका र चालीस प्रतिशत जनता रुकुमका प्रभावित भएका छन् । यस्तो अवस्थामा यी नागरिकलाई काखा र पाखा गर्नु अपराध हो । त्यहि कारण हामीले एकद्धार नीतिबाट राहत बाँडेका हौं ।

यस्तो भ्रम चलाउनुका पछाडी कुनै शक्तिको राजनीतिक स्वार्थ हुनसक्छ भन्ने मेरो ठम्याई हो ।