आठबीसद्वारा विपद कोषमा पौने दुई लाख जम्मा
सुर्खेत ।
दैलेखको आठबीस नगरपालिकाले कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितहरुलाई राहत प्रदान गर्न भन्दै जिल्ला विपद व्यवस्थापन कोषमा एक लाख ७५ हजार रकम जम्मा गरेको छ ।
नगरपालिकाले जाजरकोट विपद व्वस्थापन कोषमा एक लाख र रुकुम पश्चिम व्यवस्थापन कोषमा ७५ हजार रुपैंया सहयोग गरेको नगरपालिकाका कर्मचा वखत बहादुर विकले पहिलोप्रेसलाई जानकारी दिए ।
‘अहिले जाजरकोट र रुकुम पश्चिम पीडामा छ ।’ उनले भने, ‘उक्त पीडामा मल्हम लगाउन नगरपालिकाले एक लाख पचहत्तर हजार राहत कोषमा शुक्रबार जम्मा गरेको हो ।’
पहिलोप्रेस
२५ कार्तिक २०८०, शनिबार १०:४०