‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न जुट्यो दैलेख एमाले
सुर्खेत ।
नेकपा (एमाले) दैलेख जिल्ला कमिटी सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले ’झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी सचिवालयको बैठकले सबै पार्टी पङ्क्ती नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा जुट्ने निर्माण गरेको हो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता र दैलेख जिल्ला ईन्चार्ज यामलाल कँडेलको प्रमुख आतित्थ्यमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
‘एमालेद्वारा राष्ट्रव्यापी रुपमा सञ्चालन हुन गइरहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग विशेष अभियान अन्तर्गत ’झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ २०८० लाई सञ्चालन गर्नका लागि दैलेख जिल्लामा निम्नलिखित कार्यक्रम तथा बैठकहरू आयोजना गर्ने निर्णय गरियो ।’ एमाले वैठकले गरेको निर्णय नम्बर दुईमा भनिएको छ ।
वैठकले २०८० साल मंसिर ०५ गतेभित्र दैलेख जिल्लाका ११ ओटा पालिका कमिटीका बैठकहरू सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।
२०८० साल मंसिर ०८ गतेभित्र दैलेख जिल्लाका ९० ओटा वडाकमिटीका बैठकहरू सम्पन्न गरिसक्ने ।
– २०८० साल मंसिर ०८ गतेभिन्न पार्टीका जनसंगठनका जिल्ला कमिटीका बैठकहरू सम्पन्न गरिसक्ने ।
पार्टीका भेलाहरूः
निर्वाचन क्षेत्र नं. (१) दैलेख
– २०८० साल मंसिर ०९ गुराँस गाँउपालिका, दैलेख
– २०८० साल मंसिर १० डुङ्गेश्वर गाँउपालिका, दैलेख
– २०८० साल मंसिर ११ भगवतीमाई गाँउपालिका, दैलेख
– २०८० साल मंसिर १२ नौमूले गाँउपालिका, दैलेख
– २०८० साल मंसिर १३ महाबु गाँउपालिका, दैलेख
– २०८० साल मंसिर १४ नारायण नगरपालिका, दैलेख
निर्वाचन क्षेत्र नं. (२) दैलेख
– २०८० साल मंसिर १० दुल्लु नगरपालिका, दैलेख
– २०८० साल मंसिर ११ भैरवी गाउँपालिका, दैलेख
– २०८० साल मंसिर १२ चामुण्डा बिन्द्रासैनी नगरपालिका, दैलेख
– २०८० साल मंसिर १३ ठाँटीकाँध गाउँपालिका, दैलेख
– २०८० साल मंसिर १४ आठबीस नगरपालिका, दैलेख
राकमकर्णालीको कार्यक्रममा सहभागी हुने कमिटीहरुः
– पार्टी कर्णाली प्रदेश कमिटीका वर्तमान र पूर्व सदस्य कमरेडहरु
– पार्टी जिल्ला कमिटीका वर्तमान र पूर्व सदस्य कमरेडहरू
– पालिका कमिटीका सम्पूर्ण कमरेड
– वडाकमिटीका पदाधिकारी कमरेडहरू
– जनसंगठनका जिल्ला कमिटीका पदाधिकारी र सदस्य कमरेडहरु
– जननिर्वाचित कार्यपालिका सदस्यहरु आठविस, ठाँटिकाँध र चामुण्डा बिन्द्रासैनी पार्टी समेतको संख्यामा बराबरको उपस्थिति गराउने
– स्थानीय संस्कृति झल्कने बाजागाजा सहितको व्यबस्थापन गर्ने
– पार्टी तथा सूर्य चिन्ह अंकित झण्डा र जनसंगठनका झण्डा छुट्टाछुट्टै बनाउनु पर्ने । जिम्मेवारी
– सम्बन्धित कमिटी केन्द्रित क्रियाशील हुने,
– प्रदेशका वर्तमान, पूर्व सदस्य कमरेडहरू, पार्टी जिल्ला पदाधिकारी तथा सदस्य कमरेडहरू, जनसंगठनका पूर्व, वर्तमान पदाधिकारी तथा सदस्य कमरेडहरू सबैजना सम्बन्धित पालिकामा भेला हुनुपर्ने ।
बैठकलाई सम्वोधन गर्दै नेता कँडेलले ‘पार्टीको केन्द्रीय नेतृत्वसहित समृद्ध नेपालका लागि सङ्कल्प यात्रा आगामी मंसिर १४ गते शुरु हुने बताए ।
‘त्यसलाई सफल पार्न यात्राको रुट पर्ने जिल्ला र स्थानीय तहका पार्टी कमिटिहरुलाई पूर्णरुपमा परिचालन गर्नतर्फ केन्द्रीत हुन जरुरी छ, कर्णालीले यसलाई व्यापक जनताको सहभागिताबाट सफल बनाउनु छ ।’ उनले भने ।
पहिलोप्रेस
२७ कार्तिक २०८०, सोमबार ११:०३