Loading... आजः ४ पुष २०८१, बिहीबार

भूकम्प गएको डेढसातामा पनि बसेन कर्णालीमा सर्वदलीय वैठक

कर्णाली सरकार बहुमतको दम्भमा चल्न लागेको एमालेको आरोप


सुर्खेत ।
कर्णाली प्रदेशको जाजरकोट जिल्ला अन्र्तगत वारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएको दश दिन पुग्दा पनि कर्णाली प्रदेश सरकारले सर्वदलीय वैठक राख्न नचाहेको देखिएको छ ।

प्रदेशमा १५४ जनाको ज्यान गएको र हजारौं नागरिक वेघरवार भएको अवस्थामा प्रदेश सरकारले भूकम्प गएको दश दिन वित्दा पनि प्रमूख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा तथा अन्य दलहरुसँग कसरी अघि बढने भन्ने बारेमा कुनैपनि छलफल नगरेको पाइएको हो ।

प्रदेशमा संकट आएको समयमा कम्तिमा पनि सबैदलहरु, नागरिक समाज तथा अन्य क्षेत्रसँग निरन्तर सम्वाद गर्नु र महाविपत्तिका विरुद्ध सबै एकजुट भएर लडनुपर्ने अवस्थामा सरकार भने आफ्नै धुनमा व्यस्त भइरहेको पाइएको हो ।

‘भूकम्प गएको लामो समय वितिसकेको छ । सरकारले के गरिरहेको छ, हामीलाई थाहा नै छैन ।’ नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले पहिलोप्रेससँग भने, ‘हामीसँग सरकारले कुनै कुरा नगरेका कारण हामीले आफ्नै तरिकाले भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुसँग कुरा गर्ने, स्थलगत अवलोकन गर्ने र नागरिकलाई सान्त्ववना दिने काम गरिरहेका छौं । अहिले हामीले प्रभावित क्षेत्रमा कार्यकर्तालाई खटाउने देखि पुर्ननिर्माणमा सघाउ पुर्याउने योजना बनाइरहेका छौं ।’

भूकम्प गएपछि तपाईहरुसँग सरकारले कुनै छलफल गर्यो कि गरेन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘सरकार कहाँ छ, के गर्दैछ ? विपत्तिको सामना कसरी गर्दैछ भन्ने बारेमा हामीलाई कुनै जानकारी नै छैन ।’ उनले भने, ‘सरकारले प्रभावित क्षेत्रमा पुर्ननिर्माण गर्न सबैसँग सहकार्य गर्नुको साटो एक्लै बहुमतको दम्भमा अघि बढिरहेको महसुस भएको छ । यसले प्रस्ट के पार्छ भने, सरकार आफ्नै कारण असफल हुन थालेको प्रतित हुन्छ ।’

उनले सरकारलाई प्रमूख प्रतिपक्षी दलका तर्फबाट राहत, पुर्नस्थापना देखि पुनृनिर्माणका लागि सहयोग भइरहेको बताउँदै एकलकाँटे ढंगले सरकार चल्नु आफैमा गलत कदम रहेको प्रतिक्रिया दिए ।

यता, सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले राहत, उद्धार गर्ने कार्यमा सरकार व्यस्त भएका कारण सर्वदलीय वैठक बोलाउन नभ्याइएको प्रतिक्रिया दिए । ‘यो दुःखको घडिमा हामी सबै साथमा छौं । एमाले संसदीय दलका नेतासँग सरकारले गरेका कार्यहरुका बारेमा केहि दिनमा आवश्यक छलफल गर्छौं ।’ उनले भने, ‘सरकार कुनै दम्भमा छैन । सरकारले अब सबैसँग सहकार्य गर्दै पुर्ननिर्माणको अभियान सुरु गर्छ ।’


सम्बन्धित समाचार