Loading... आजः १० बैशाख २०८१, सोमबार

लोकसेवामा नाम निकालेका वडाअध्यक्ष रोकाय भन्छनः जनताको सेवा गर्न आएको छु, पाँच वर्ष जनतालाई धोका दिदैँन


सुर्खेत ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन् ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो ।

सामाजिक सञ्जालमा सुदुरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइएपनि वडाअध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ ।

‘मेरो नाम गण्डकी प्रदेशको कुनै एक पालिकामा निस्केको हो ।’ सात वर्ष वीनपा १४ स्थित सानो किसान सहकारी संस्थाको व्यवस्थापक एवम तीन वर्ष कन्सल्टेन्सीमा काम गरेका वडाअध्यक्ष रोकाया भन्छन्, ‘नाम निस्केको भनेर धेरैले बधाई पनि दिइरहेका छन् । तर म अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्छु, म पदमा रहुन्जेलसम्म जनतालाई धोका दिदैंन ।’


सम्बन्धित समाचार