Loading... आजः ४ पुष २०८१, बिहीबार

अस्थायी आवास पुर्ननिर्माण गर्न माओवादीले ३१ सय स्वयंसेवक परिचालन गर्ने


सुर्खेत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियान को समीक्षात्मक वैठकले भुकम्प प्रभावित क्षेत्रमा अस्थाई आवास तथा पुनरनिर्माण कार्यमा ३१०० स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

प्रदेश अध्यक्ष विमला केसीका अनुसार कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो मात्रामा भौतिक क्षति भएकाकारण त्यसलाई पुर्नर्निाण गर्न पार्टी सचिवालयको वैठकले यो निर्णय गरेको हो ।

‘हामीले हरेक जनसंगठनबाट कम्तिमा पचास जना स्वंयसेवाक पठाउने निर्णय गरेका छौं। वाईसिएलले दुई सय, विद्यार्थी संगठनले तीन सय र वाँकी कर्णालीका आठ जिल्लाबाट स्यंसेवक पठाउने निर्णय गरेका हौं ।’
अध्यक्ष केसीले भनिन, ‘जाजरकोट र रुकुम पश्चिमबाट २१ सय स्वंयसेवक पठाउने र अन्य जिल्लाबाट एक हजार जना पठाउने निर्णय भएको हो ।’

उनले स्वंयेवकहरुले सकेसम्मआफ्नै खर्चबाट अभियानमा खट्ने निर्णय भएको बताईन । ‘सम्वन्धित जिल्लाका हकमा समस्या भएन । अन्य जिल्लाका स्वंयसेवकहरुका हकमा भने हामीले खाद्यान्नको व्यवस्था गर्ने कि भन्ने योजना बनाएका छौं । उहाँहरुले आउने र जाने भाडाको व्यवस्था भने आफैंले गर्नुहुन्छ ।’

पार्टीले यसवाहेक पार्टीको अभियानलाई थप प्रभावकारी बनाउने र सबै नेता कार्यकर्ताहरु जिल्लामा खटने निर्णय भएको पनि उनको भनाई थियो ।


सम्बन्धित समाचार