Loading... आजः २४ भाद्र २०८१, सोमबार

क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिन मुख्यमन्त्री शर्माको निर्देशन

भूकम्पका कारण दशौं खेलकुदलाई असर पर्दैन


सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पकै कारण कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा कुनै असर नपर्ने बताएका छन् ।

कर्णाली प्रदेश खेलकुद परिषदको वोर्ड वैठक बस्नुअघि आज निवासमा मुख्यमन्त्री शर्माले खेलकुदका बारेमा सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल र परिषदका सदस्यसचिव विश्वासमित्र सञ्ज्याललाई विभिन्न निर्देशन दिएका हुन ।

मुख्यमन्त्री शर्माले कर्णालीमा क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिन निर्देशन दिदैं त्यसकालागि आवश्यक बजेटको प्रदेश सरकारले व्यवस्थापन गर्ने बताए ।

उनले कर्णालीको समग्र खेलकुदको विकासका लागि योजना बनाउन निर्देशन समेत दिए ।

नवौं राष्ट्रिय खेलकुद पोखरमा भएको थियो । दशौं हामीले आयोजना गर्दैछौं । त्यसकालागि आवश्यक सबै तयारी तीव्र रुपमा गर्नुहोस, भूकम्पले कतै असर पार्छ कि भन्ने कुरामा चिन्ता नलिनुहोस । भूकम्पले केहि असर पार्दैन, मुख्यमन्त्री शर्माले भने ।

उनले दशौं खेलकुदमा कुन कुन खेल खेलाउने, कहाँ खेलाउने र त्यसको कति लागत लाग्छ भन्ने बारेमा तत्काल अध्ययन गरि अघि बढन परिषदलाई निर्देशन दिए ।

‘हामी पर्यााप्त बजेट दिन्छौं भनेर भन्दापनि प्रतियोगिता आयोजना गर्न र संरचना निर्माण गर्नका लागि नभइनहुने बजेट व्यवस्थापन गर्न तयार छौं ।’ मुख्यमन्त्री शर्माले भने,’ रंगशालाहरु निर्माण गर्ने, जिल्लामा खेलकुदको विकासका लागि बजेट पठाउने, तयारी गर्ने देखि विभिन्न जिल्लामा रहेका खेलकुद संरचनालाई आवश्यक मर्मत एवम सम्भार गर्न आवश्यक निर्णय वोर्ड वैठकबाट गरेर अघि बढनुहोस । त्यसकालागि सरकारले के गर्नुपर्छ, सरकार तयार छ ।’

मुख्यमन्त्री शर्माले खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन निर्देशन दिए ।

‘कम्तिमा खेलाडीहरु खेलकै माध्यमबाट जीवन ज्यून, भविष्य बनाउन सक्छन भन्ने वातावरण तयार गर्न आवश्यक छ । यसकालागि खेलाडीलाई कहाँ के व्यवस्था गर्न सकिन्छ, स्पष्ट मार्गचित्र निर्माण गर्नुहोस ।’

मुख्यमन्त्री शर्मासँगको भेटमा खेलाडीलाई प्रोत्साहन भत्ता दिलाउने, खेलकुद संरचना निर्माण गर्नुपर्ने र खेलकुदको तयारीका लागि केहि बजेट हरेक जिल्लामा पठाउनुपर्ने जस्ता कार्यहरु गर्न आवश्यक रहेको सदस्यसचिव सन्ज्यालले उल्लेख गरेका थिए ।

 


सम्बन्धित समाचार