वीरेन्द्रनगरमा चार जना पैदल यात्रीलाई बहुलाहा कुकुरले टोक्यो, कुकुर नियन्त्रणमा ल्याईदै
सुर्खेत ।
वीरेन्द्रनगरको वडा नम्बर दश बुलबुले नजिकै आज विहान बहुलाहा कुकुरले चार जनालाई टोकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम प्रवक्ता लक्ष्मण बहादुर शाहीका अनुसार उक्त कुकुरले चार जनालाई टोकेको हो । उनिहरुको अहिले प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
बहुलाहा कुकुरले आज विहान पाँच वजेको समयमा बसपार्कतर्फ पैदल जाँदै गर्दा चार जनालाई टोकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वीनपा ३ की १७ वर्षीया आशिका पौडेलको दाहिने खुट्टामा कुकुरले टोकेको छ भने वडा नं. १० घर भएकी १८ वर्षीया आशा रानाको दाहिने खुट्टामा कुकुरले टोकेको हो ।
यस्तै वीनपा ९ की ६१ वर्षीया गोमा खत्रीको अनुहार र दाहिने हातमा तथा सोही वडाकी सिमकुमारी पुनमगरको दुवै हातमा कुकुरले टोकेको हो ।
उनका अनुसार बहुलाहा कुकुरलाई नियन्त्रणमा लिने कार्य जारी रहेको बताउँदै उक्त कुकुरलाई खोप लगाउन नगरपालिकामा बुझाउने तयारी भइरहेको उनको भनाई छ ।
पहिलोप्रेस
५ मंसिर २०८०, मंगलवार ०९:२०