Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रदेश अस्पताल सुर्खेतले सञ्चालनमा ल्यायो भिभिआइपीको उपचार कक्ष

सुर्खेत ।
कर्णाली प्रदेश सरकार मातहत रहेको प्रदेश अस्पताल कालागाउँ सुर्खेतले विशिष्ट व्यक्तिहरुको उपचारका लागि भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

प्रदेश अस्पतालप्रति आम नागरिकको धारणामा सकारात्मक परिवर्तन आएको र करिव अधिकांश रोगको उपचार हुन सुरु भएपछि अस्पताल प्रशासनले भिआइपीको उपचार गर्न कक्षा स्थापना गरेको हो ।
‘भिआइपी विरामीका लागि दुई ओटा कोठासहितको क्याविन तयार गरेका छौं ।’ अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘भिभिआइपीका लागि वेड, एट्याच वाथरुम÷ट्वाईलेट र आगन्तुकका लागि एक कोठाको व्यवस्था गरेका हौं ।’

उपचार कक्ष व्यवस्थापन भएसँगै अब कर्णालीका भिआइपीहरु प्रदेश अस्पतालमै उपचार गर्न आउने अस्पतालको अपेक्षा रहेको उनको भनाई छ ।

‘प्रदेश प्रमूख देखि मन्त्री एवम सांसदहरुसम्मका भिआइपीहरु उपचार गर्न अलग्गै कोठाको व्यवस्था गरिएको हो ।’ उनले भने, ‘भिभिआइपीहरु अस्पतालमा आइ उपचार गरेको खण्डमा अस्पतालप्रति आम नागरिकको थप भरोसा बढने हाम्रो अपेक्षा छ ।’

 


सम्बन्धित समाचार