कर्णाली प्रहरीमा उजुरी दिने ? घरैबसि अब क्यूआर कोड मार्फत गर्नुस
सुर्खेत ।
कर्णाली प्रदेशका नागरिकले अब क्युआर कोडमार्फत पनि प्रदेश प्रहरी कार्यालय वा मातहतका कार्यालयमा उजुरी दिनसक्ने भएका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज एक मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी क्यूआर कोड सार्वजनिक गरेको हो ।
प्रदेश प्रहरी प्रमुख एवम डिआइजी भिम प्रसाद ढकालले प्रहरी कार्यालयले सुरक्षित कर्णाली निर्माण गर्न विभिन्न सात ओटा अभियान सञ्चालन गरेको बताउँदै कर्णालीका नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन क्यू आर कोड सार्वजनिक गििरएको बताए ।
उनले सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन, नागरिकलाई सहज सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस भनेर यो सेवा सुचारु गरिएको बताए ।
डिआइजी ढकालले कर्णालीलाई सुरक्षित बनाउन विभिन्न अभियान सुरु गरिएको बताउँदै कर्णालीका तीन लाख ७१ हजार १२५ घरमा स्टीकर टाँस अभियान सुरु गरिएको बताए । जसअनुसार हालसम्म दुई लाख २७ हजार ४२४ घरमा स्टीकर टाँस गरिएको बताए ।
यस्तै, सुरक्षा अभियान अन्र्तगत अन्तरक्रियात्मक गस्ती अभियान अन्र्तगत सात हजार दुई सय ६२ ओटा सम्पन्न गरिएको छ । यात्रुमैत्री अभियानबाट दुई लाख भन्दा बढी नागरिकले सेवा लिएको बताउँदै डिआइजी ढकालले कर्णालीमा १५ सय ६५ जना नागरिकलाई निःशुल्क निवेदन लेखन कार्य सम्पन्न भएको हो ।
यस्तै, हरेक कार्यालयमा नागरिक सहजकर्ता परिचालन गरिएको उनको भनाई थियो ।
डिआइजी ढकालले क्यू आर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गिाकरण गरिएको छ ।
जसअनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानविन गरि उजुरीकर्तालाई जानकारी दिइने बताए ।
उनले उजुरीकर्ताको गोपनियता कायम राखेर कानूनी कारवाही प्रत्रिया अघि बढाउने बताए ।
पहिलोप्रेस
५ मंसिर २०८०, मंगलवार १४:५४