Loading... आजः ५ पुष २०८१, शुक्रबार

कर्णाली प्रदेश मन्त्रीपरिषद वैठक आज बस्दै, भूकम्प प्रभावितका संरचना निर्माण गर्ने सम्भावित एजेण्डा


सुर्खेत ।
कर्णाली प्रदेश सरकारको मन्त्री परिषद वैठक आज दिउसो एक बजे बस्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने उक्त वैठकले समसामयिक विषयहरुमा आवश्यक निर्णय लिने बताइएको छ ।

आज बस्ने वैठकमा कात्तिक १७ गते गएको भूकम्पका कारण भएको क्षतिमा प्रदेश सरकार मार्फत भएको कामको समिक्षा गर्ने र आगामी रणनीति तयार गर्ने प्रमूख एजेण्डा रहने बताइएको छ ।

‘भूकम्पका कारण घरवारविहीन भएका नागरिकलाई अस्थायी र स्थायी संरचनामा ल्याउन आवश्यक निर्णय हुने सम्भावना छ ।’ प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल बहादुर शाहीले भने, ‘नागरिकका घर वाहेक शौचालय क्षति भएका छन् । विद्यालय, स्वास्थ्य संस्थाहरु पनि क्षति भएका छन् । सडकहरु भत्किएका छन् भने पशू चौपायासमेत ठूलो संख्यामा क्षति भएको अवस्था छ । भूकम्पकै कारण भएको क्षतिबाट प्रभावित जिल्लालाई अब कसरी उकास्ने र कसरी पुर्ननिर्माणको काम गर्न सकिन्छ, त्यो प्रमूख एजेण्डा हुन्छ ।’

उनले प्रदेश सरकारले अन्य विषयमा पनि आवश्यक छलफल गर्ने बताए ।


सम्बन्धित समाचार