Loading... आजः २२ आश्विन २०८१, मंगलवार

वीनपा–१२ भावरटोलवासीको मागः ईत्राम खोलामा तटबन्धन र मेसिनरी वाल !


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडा नंं १२ भावर टोलका नागरिकले ईत्राम खोलामा तटबन्धन र मेसिनरी वाल लगाईदिन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

अधिकांश सुकुम्वासी, दलित तथा विपन्न वर्गको बसोबास रहेको उक्त वडाका नागरिकले जलस्रोत तथा उर्जा मन्त्री उर्मिला विश्वकर्मासँग बुधबार उक्त माग गरेका हुन ।

‘हाम्रो वस्तीमा खानेपानीको समस्या छ । ईत्राम खोलाले यहाँको बस्तीलाई जोखिम बढाउँदै गएका कारण यहाँ तटबन्धन र मेसिनरी पर्खालको आवश्यकता छ ।’ स्थानीय ज्ञानसिंह विश्वकर्माले मन्त्री विकसँग गुनासो गर्दै भने, ‘सडक स्तरोन्नती भएको छै, विजुलीको लाईन विस्तार आवश्यक छ ।’

उनले यसबाहेक फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरि आवश्यक विकासका काम गरिदिन आग्रह गरे ।

झुप्रा वृहत खानेपानीको पाईपलाईन विस्तारका लागि पहल गरिदिन आग्रह गर्दै स्थानीय कृष्ण सिंहले प्रदेश सरकारले वडा नं. १२ मा आवश्यक बजेट विनियोजन गरिदिन अनुरोध गरे ।

मन्त्री विकले अहिले बजेट बाँडफाटको समय सकिएको बताउँदै आगामी दिनमा यो गाउँका समस्या समाधान गर्न अत्यावश्यक बजेटका व्यवस्था गर्ने प्रतिबद्धता जनाईन ।

‘यहाँहरुका माग जायज छन् । ती मागहरु हामी एकैपटक सम्वोधन गर्न नसकौंला तर केहि अत्यावश्यक मागहरु समाधानका लागि म पहल गर्छु ।’

 


सम्बन्धित समाचार