सङ्कल्प यात्रा सफल पार्न हजारौं कार्यकर्ता उतार्नुहोसः नेता कंडेल
दैलेख ।
नेकपा एमाले स्थायी कमिटि सदस्य एवम दैलेख इन्चार्ज यामलाल कंडेलले झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार चामुण्डा विन्द्रासैनी नगरपालिकामा आयोजित भेलालाई सम्वोधन गर्दै नेता कंडेलले हजारौं नेता कार्यकर्तालाई यात्रा सफल पार्न निर्देशन दिएका हुन ।
‘मंसिर १४ गते देखि सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न नगर पार्टी कमिटीलाई परिचालन गरि सडकमा हजारौ पार्टीका कार्यकर्ता स्वागतमा उतार्न लाग्नुहोस ।’ उनले भने, ‘अध्यक्ष केपी शर्मा ओली आउने उक्त कार्यक्रमलाई सफल बनाउने काममा लाग्न सबैलाई अनुरोध गर्दछु।’
‘पार्टीको केन्द्रीय नेतृत्वसहित समृद्ध नेपालका लागि सङ्कल्प यात्रा आज मंसिर १४ गते देखि शुरु हुदैंछ । त्यसलाई सफल पार्न यात्राको रुढ पर्ने स्थानीय तहका पार्टी कमिटिहरुलाई पूर्णरुपमा परिचालन गर्नतर्फ केन्द्रीत हुन जरुरी भएको उनले बताए ।
‘कर्णालीले यसलाई व्यापक जनताको सहभागिताबाट सफल बनाउनु छु ।’ उनको भनाई थियो ।
पहिलोप्रेस
१३ मंसिर २०८०, बुधबार १०:०१