Loading... आजः ४ पुष २०८१, बिहीबार

जाजरकाेट भूकम्पमा कर्णाली सरकारले के गर्यो ? मुख्यमन्त्री र आन्तरिक मन्त्रीलाई प्रश्न सोध्ने तयारीमा समिति

सुर्खेत ।
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीलाई प्रश्न सोध्ने भएको छ ।

‘मिनि पार्लियामेन्ट’को रुपमा रहेको उक्त समितिको आजको वैठकले अर्को वैठकमा मुख्यमन्त्री शर्मा र मन्त्री जिसीलाई वैठकमा बोलाउने निर्णय गरेको हो ।

‘समितिको अर्को बैठकमा मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई आमन्त्रण गरी भुकम्प र त्यसपछि सरकार तथा विभिन्न निकायबाट भएको उद्दार, राहत वितरण, पुनः निर्माण र सरकारका कामकाज लगायतका विषयमा छलफल गर्ने निर्णय भएको छ ।’ समितिका सचिव मदन खड्काले भने, ‘वैठकले कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना सहित श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै भुकम्पबाट भएका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय समेत गरेको हो ।’

उनका अनुसार वैठकमा १७ गते राति गएको भुकम्प र त्यसपछि सरकार तथा विभिन्न निकायबाट भएको उद्दार, राहत वितरण, पुनः निर्माण लगायतका विषयमा समितिका सदस्यहरुले गहन छलफल गरेका थिए ।

समितिको अर्को बैठक भोली बिहान बस्ने भएको छ । उक्त वैठकमा मुख्यमन्त्री तथा मन्त्रीलाई बोलाउने निर्णय भएको कानून अधिकृतसमेत रहेका सचिव खड्काले बताए ।

 


सम्बन्धित समाचार