सोमबार सुर्खेत आउने अध्यक्ष ओलीलाई चौकुने एमालेको ‘सरप्राईज गिफ्ट’: तीन ओटा समानान्तर कमिटि गठन
सुर्खेत ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओली भोली सोमबार वीरेन्द्रनगर आउन लागेका छन् ।
नेकपा एमालेले सुरु गरेको मध्यपहाडी राजमार्ग अन्र्तगतको संकल्प अभियान सुर्खेत आउनु अघिल्लो दिन अर्थात आज आइतबार अध्यक्ष ओलीलाई एमाले चौकुनेले सरप्राईज गिफ्ट दिएको छ ।
नेकपा एमाले चौकुने गाउँ कमिटिको निर्वाचित अध्यक्षमा हरि अधिकारी चयन भएका थिए ।
उनी अध्यक्ष कायमै रहेको अवस्थामा नेकपा एमालेको जिल्ला कमिटि सचिवालयले शंकर कामीलाई संयोजक तोकेको थियो ।
दुवै कमिटिका विरुद्धमा आज अर्को असन्तुष्ट समूहले यामलाल अधिकारीको नेतृत्वमा समानान्तर कमिटि गठन गरेको छ ।
अधिकारी नेतृत्वमा नयाँ कमिटि गठन भएपछि चौकुने एमालेमा तीन ओटा गुटहरु देखिएका छन् ।
अधिकारीको नेतृत्वमा गठित ७५ सदस्यीय गाउँ कमिटिमा उपाध्यक्षमा शेरसिंह बुढाक्षेत्री, सचिवमा रतन बहादुर चलाउने, उपसचिवमा धना विक र एलिसा बुढा क्षेत्री चयन भएका हुन ।
चौकुने गाउँ कमिटिमा देखिएको यो विवादसँगै सुर्खेत एमालेमा गुटवन्दी चर्किँदै गएको र यसले एमाले सुर्खेतलाई ठूलो क्षति पुर्याउने कार्यकर्ताहरुको भनाई छ ।
पहिलोप्रेस
१७ मंसिर २०८०, आईतवार १७:३२