Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेत विमानस्थल सार्ने चलखेल नगर्न एमाले नेता कंडेलको चेतावनी

सुर्खेत ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कंडेलले हाल सञ्चालनमा रहेको सुर्खेत विमानस्थल सार्न नहुने बताएका छन् ।

५७ वर्ष पहिले देखि उडान तथा अवतरण सुरु भएको सुर्खेत विमानस्थललाई पूर्वी सुर्खेतको भेरीगंगामा सार्ने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका समयमा उनले चेतावनीपूर्ण भाषामा सुर्खेत विमानस्थललाई नै विस्तार गर्न दवाव दिएका हुन ।

उनले सुर्खेत विमानस्थलको तत्काल विकल्प सोच्ने कुरा गलत भएको बताउँदै बरु मुआव्जा दिन र विमानस्थलको धावनमार्गसहितका पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताएका हुन ।

उनले जनतालाई मर्का नपर्ने गरि मुआव्जा वितरण गर्नुपर्ने अडान दोहोर्याएका छन् । नयाँ विमानस्थलका बारेमा भविष्यमा सोच्न सकिने धारणा राख्दै हाललाई सुर्खेत विमानस्थलको स्तरोन्नती आवश्यक रहेको बताएका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, स्थानीय बासिन्दालाई मर्का नपर्ने गरि मु–आव्जा वितरण गरि सुर्खेत विमानस्थललाई थप पूर्वाधारसहित बिस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता हो। यही विषयमा सबैले आ–आफनो ठाँउबाट खवरदारी गरौं । नयाँ विमानस्थलबारे छलफल गर्दै जाउँला ।


सम्बन्धित समाचार