Loading... आजः ४ पुष २०८१, बिहीबार

माओवादी मन्त्री कार्यक्रममा सहभागि नभएको भन्दै उपप्रधानमन्त्री खड्काद्धारा प्रधानमन्त्री प्रचण्डलाई फोन, फर्किए काठमाडौं

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज देखि ३४ औं राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ । आज उदघाटन भएको उक्त प्रतियोगिताको उदघाटन उपप्रधानमन्त्री एवम रक्षा मन्त्री पूर्णबहादुर खड्काले गरेका थिए ।

प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कंडेल, नेपाली काँग्रेसबाट सरकारमा सहभागि सामाजिक विकास मन्त्री खड्क पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसि उदघाटन सत्रमा सहभागि भएका थिए ।

देशभरिकै खेलाडीहरु सुर्खेतमा जम्मा भइरहेको समयमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा मात्रै होइनन, सरकारमा माओवादी केन्द्रबाट सहभागि भएका कुनैपनि मन्त्रीहरु उपस्थित भएनन् ।

माओवादीबाट सरकारमा सहभागि मुख्यमन्त्री तथा मन्त्रीहरु सहभागि नभएपछि उपप्रधानमन्त्री खड्कालाई भने कतै माओवादीले आफू सहभागि कार्यक्रम बहिष्कार गरेका हुन कि भन्ने पर्न गएको काँग्रेस स्रोतले पहिलोप्रेसलाई बतायो ।

‘उहाँले माओवादीबाट सकेसम्म मुख्यमन्त्री नभए अन्य मन्त्रीहरु सहभागि हुनुहुन्छ होला भन्ने अपेक्षा गर्नुभएको थियो तर कार्यक्रम सकिउन्जेल माओवादीबाट सरकारमा सहभागि कोही पनि मन्त्रीहरु कार्यक्रममा सहभागि नभएपछि उहाँले प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई वीनपा ७ इत्रामस्थित आफ्नो निवासबाट फोन गर्नुभएको हो ।’

फोनमा आफू प्रमूख अतिथि रहेको कार्यक्रममा गठबन्धन दलकै मन्त्रीहरु सहभागि नहुनु अच्चमलाग्दो भएको बताउँदै यस्तो किन भएको हो भनेर प्रश्न गरेका थिए ।

उदघाटन समारोहमा सहभागि उपप्रधानमन्त्री खड्का इत्रामस्थित निवासबाट काठमाडौं लागेका हुन । उनी आज पुर्वि सुर्खेतको मेहलकुना जाने र भोली शनिबार काठमाडौं फर्किने कार्यक्रम तय भएको भएपनि उनी आजै राजधानी हानिएका हुन ।

यता, मुख्यमन्त्री राजकुमार शर्मा काठमाडौंमा छन भने आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी कार्यक्रम सञ्चालन भइरहेको समयमा काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।

यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही सुर्खेतमै थिए भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा वीरेन्द्रनगरमै आयोजित च्याउ खेतिसम्वन्धी एक कार्यक्रममा सहभागि भएका थिए ।

यस्तै, उर्जा मन्त्री उर्मिला विश्वकर्मा पनि सुर्खेतमै भएकी भएपनि उनिसमेत कार्यक्रममा उपस्थित भइनन् ।

बहुप्रतिक्षित प्रतियोगितामा माओवादीका तर्फबाट सरकारमा सहभागि तपाईहरुबाट कोहीपनि सहभागि नहुनुको अर्थ बहिष्कार गर्नु भएको हो ? भन्ने पहिलोप्रेसको प्रश्नमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री जिसिले भने, ‘हामीले सबै मन्त्रीहरु एकै कार्यक्रममा नजाने भन्ने आचारसंहिता बनाएका छौं, सोही अनुसार विभागिय मन्त्री ज्यू कार्यक्रममा सहभागि हुनु भएको हो । उनले भने, सरकार भनेको सरकार नै हो, त्यहाँ माओवादी र काँग्रेस भन्ने नै हुन्छ र ?’

उनले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सरकार निरन्तर लागिपरेको बताउँदै माओवादी निकटका मन्त्रीहरु सहभागि नभएको वा बहिष्कार गरेको भन्ने अर्थमा बुझ्न गलत हुने तर्क गरे ।


सम्बन्धित समाचार