५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार
सुर्खेत। कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परिक्षण अभियान संचालन गरेको छ। प्रदेशका तीन जिल्ला सुर्खेतको चौकुने गाउपालिका, बिरेन्द्रनगर नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका र हुम्ला जिल्लामा ५५ बर्स माथिका नागरिकको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको हो ।
स्वास्थ्य परिक्षणबाट प्राप्त नतिजाका आधारमा अब कर्णाली सरकारले आगामी पाँच बर्षका लागि आबश्यक नीति बनाउने तयारी गरेको हो । सोही अनुरुप आज मुख्यमन्त्री राज कुमार शर्माले आठबिसकोट नगरपालिकामा उक्त कार्यक्रम सुरु गरेका हुन ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रबिन खड्काले नागरिक स्वास्थ्य परिक्षणले ५५ बर्ष माथिको नागरिकको स्वास्थ्य अबस्था बुझ्न र सुधार गर्न सहयोग पुग्ने बताए ।
यसै बिच पश्चिम रुकुम आठबिसकोटमा आयोजित नागरिक स्वास्थ्य परिक्षण कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश भित्रका नागरिकको स्वास्थ्य अबस्था सुधारका लागि नागरिक स्वास्थ्य परिक्षण सुरुवात गरिएको बताए ।
“नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती ल्याएकाले त्यसको रोकथाम गर्नपनी स्वास्थ्य परिक्षण थालिएको हो । अहिले तीन जिल्लामा नमुनाको रुपमा परिक्षण गरेपनि यसलाई कर्णालीका सबै जिल्लामा बिस्तार गर्नेछौं । उनले भने, “सरकार स्वास्थ्य सेवालाई प्रबर्द्धनात्मक र उपचारात्मक दुबै किसिमले समुदायमा लिईरहेको छ । स्वास्थ्य क्षेत्रमा कृयाशिल जनशक्तिलाई उपचार मात्र होईन सचेतनामूलक कार्यलाई एकसाथ लिएर जानुपर्ने आबश्यक छ ।”
उनले नागरिक स्वास्थ्य परिक्षण उपचार र जनचेतना जागृत गर्ने जिम्मेवारि स्वास्थ्य क्षेत्रमा कृयाशिल जनशक्ति रहेको बताउदै भुकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सन्चालन गरिरहेको जनाए ।
“भुकम्प पश्चात् खोज,उद्दार, उपचार ,राहत र अहिले पुन निर्माण प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ। अब पुनर्निर्माणका लागि सघ ,प्रदेश र स्थानीय सरकार ठोस रुपमा लाग्ने गरि छलफल भइरहेको छ।” उनले भने ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिब चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम र बजेट रहेको बताए ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पहिलो चरणमा सुर्खेत ,रुकुम पश्चिम र दोस्रो चरणमा हुम्लामा नागरिक स्वास्थ्य परिक्षण गरिने छ।
पहिलोप्रेस
२१ पुष २०८०, शनिबार १७:३३