Loading... आजः १० बैशाख २०८१, सोमबार

सुर्खेत प्रहरीद्वारा तीस क्यू फिट काठ बरामद

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा तीस क्यू फिट सालको काठ बरामद गरेको छ ।

अवैध रुपमा सालको काठ ल्याइएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाएसँगै जिल्ला प्रहरी कार्यालयबाट हवल्दार टिकाराम आचार्यको कमाण्डमा खटिएको सादा पोसाकको प्रहरी टोलीले वीनपा ३ मूलपानीमा रहेको प्रशान्त फर्निचर उद्योग बाहिर काठ बरामद गरेको हो ।

प्रहरी आएको थाहा पाएपछि काठ ल्याउने व्यक्ति काठ छोडेर फरार भएको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार