Loading... आजः १८ चैत्र २०८१, मंगलवार

होटलको कोठामा दिईएको तालिम प्रभावकारी नभएको कृषि मन्त्रालयको निष्कर्ष

 स्थलगत तालिम दिँदै मन्त्रालय

सुर्खेत ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बारीमै गएर तालिम दिन सुरु गरेको छ । विगतमा कृषि क्षेत्रमा काम गर्नेलाई कोठामा तालिम दिईने गरिएको र त्यसका कारण प्रभावकारी नतिजा आउन नसकेको ठहर गर्दै मन्त्रालयले सम्वन्धित तालिम स्थलगत रुपमै दिने गरि नयाँ योजनाका साथ तालिम सुरु गरेको हो ।

बुधबार कृषि तथा पशुपंछी व्यवसाय प्रर्वद्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतको आयोजनामा छ दिने प्रदेश स्तरीय सुन्तलाजात फलफुल खेती गरिरहेका व्यवसायीहरुलाई सुन्तलाजात ह्रास रोग(सिट्रस डिक्सलाइन) व्यवस्थापन तथा खेती प्रविधि तालिमको समापन पश्चात मन्त्री भीम प्रकाश शर्माले अब कृषि तथा पशुपन्छी सम्वन्धी तालिममा सम्वन्धित क्षेत्रमै गएर तालिम दिने योजना बनाएको बताए ।

संघीयता स्थापना भएपश्चात पहिलो पटक सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं–३ खालीमा सुन्तलाजात ह्रास रोग (सिट्रस डिक्लाइन) व्यबस्थापन तथा खेती प्रबिधी सम्बन्धी तालिममा कर्णाली प्रदेशका ५ जिल्लाका २६ जना व्यवसायिक किसान सहभागि कार्यक्रममा मन्त्री शर्माले उक्त कुरा बताएका हुन ।

उक्त तालिममा सुन्तला उत्पादनको लागि प्रख्यात सल्यानमा आयोजित सल्यान १३, रुकुमपश्चिम ४, जाजर्कोट ४, दैलेख ४, सुर्खेतबाट एक जनाको सहभागिता रहेको थियो ।

‘तालिम होटेलको टेवलुमा बसेर वा कोठामा बसेर प्रदान गर्दा प्रभावकारी नहुने भएकोले किसानको बारीमा बसेर तालिम गर्ने पद्धतिको सुरुवात सल्यान जिल्लाबाट गरेका हौं ।’

उनी भन्छनः किसानलाइ अनुदान हैन प्राविधिक सहयोग चाहिएको छ । किसानले परम्परागत रुपमा सुन्तलाजात फलफुल व्यवसायी गरेको र पछिल्लो समयमा किसानको सुन्तलाजात फलफुल व्यवसायमा बिभिन्न रोगको संक्रमण बढेको गुनासो किसानले गर्ने गरेकोले प्रदेश सरकारले किसानको समस्या किसानकै खेतबारीमा तालिम सञ्चालन गरी समाधान गर्ने उदेश्य अनुरुप पहिलो पटक यो तालिमको आयोजना गरेका हौं ।
प्रदेश सरकारले किसानको कृषि तथा पशुधन सुरक्षा गर्ने जिम्मेवारी लिएको तर किसान अनुदानमुखि मात्रै नभई व्यवसायीमुखी हुनुपर्ने कुरामा मन्त्री शर्माको जोड थियो ।

‘अहिले किसानको अनुभव सैद्धान्तिक ज्ञान भन्दा फरक छ तर किसानको व्यवसाय सफल बनाउन व्यवाहारिक ज्ञान र प्राविधिक ज्ञानको आवश्यक्ता भएकोले प्रदेश सरकारले किसानको खेतबारीमा विज्ञसहितको टोलीबाट तालिम दिन सुरू गरिएको हो ।’
उनी भन्छन, ‘कर्णाली प्रदेशमा किसानमूखी तालिम होटेलको टेवुलमा बस्ने पद्धतिको अन्त्य गरेर कर्णालीमा कृषि र पशुक्षेत्रको बिकासका लागि स्याउ खेती प्रवर्द्धन तालिम जुम्ला, चौरी प्रवर्द्धन तालिम डोल्पाका किसानको बारी र गोठमा पुगेर प्रदेश सरकारले तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।’

 


सम्बन्धित समाचार