Loading... आजः ४ पुष २०८१, बिहीबार

यामलाल दैलेख इन्चार्ज हुनुको परिणामः दैलेख एमाले अध्यक्षमा शाही र उपाध्यक्षमा बुढा सर्वसम्मत चयन


सुर्खेत ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम दैलेख जिल्ला इन्चार्ज यामलाल कंडेलको अग्रसरतामा दैलेखमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।

विगतका अधिकांश एमाले जिल्ला अधिवेशनमा मतदानमार्फत नेतृत्व छान्ने गरिएको परम्परा विपरित नेता कंडेलले सर्वसम्मत रुपमा नेतृत्व छान्न प्रयास गरेपछि २०६४ पछि दैलेख एमालेमा पहिलोपटक अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत सहमति जुटेको हो ।

अध्यक्षमा साताै जिल्ला अधिवेशनमा पराजित, पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाही अाठाै अधिवेशनमा अाएर सर्वसम्मत चयन भएका छन् । उनी विरुद्ध एन के बस्नेतले उम्मेदवारी दर्ता गरेपनि बस्नेतले अहिले उम्मेदवारी फिर्ता लिएका हुन ।

यस्तै उपाध्यक्षमा प्रेम बुढा सर्वसम्मत चयन भएका छन् । उनि एमाले दैलेखका हालका कार्यवाहक अध्यक्ष समेत हुन ।

एमाले दैलेख स्रोतका अनुसार सचिव तथा उपसचिवको नाममा अहिले छलफल चलिरहेको छ । सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नेगरि दैलेख एमाले अघि बढिरहेको बताइएको छ ।


सम्बन्धित समाचार