Loading... आजः ४ पुष २०८१, बिहीबार

जुम्लामा गुच्ची च्याउ खेति गर्न मुख्यमन्त्री शर्माको आग्रह

बाली बीमा गरिदिन जुम्ली किसानको अनुरोध

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जुम्ला जिल्लामा गुच्चि च्याउ खेति गर्न आवश्यक रहेको बताएका छन् ।
आज काठमाडौं तथा पोखरमा आयोजना गरिएको कृषि प्रदर्शनीबाट फर्किएका जुम्लाका किसानहरुसँग कुरा गर्दै मुख्यमन्त्री शर्माले अब सबै किसानहरु जहाँ जे उत्पादन हुन्छ, त्यहि उत्पादन गर्न जुटनुपर्नेमा जोड दिएका हुन ।

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ८ का लक्षी भण्डारीले आफूहरु कृषि क्षेत्रमा अर्गानिक उत्पादन गर्न तयार रहेको बताए ।
उनले जुम्लामा गुच्ची च्याउ, रैथाने वालीहरुको उत्पादन गर्न सकेको खण्डमा बजार राम्रो पाइएको भन्दै त्यसमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
पातारासी गाउपालिकाका कृषक नमराज ठकुरीले आफूहरु जग्गा बाँझो नराख्ने गरि काम गर्न तयार भएको प्रतिक्रिया दिए । त्यसका लागि सरकारले वाली वीमा गरिदिनुपर्ने र बजारीकरणमा सहयोग गरिदिनुपर्ने उनको माग थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मासहितको उपस्थितिमा मुख्यमन्त्री शर्माले सानो लगानीमा पर्याप्त आम्दानी हुने गुच्ची च्याउ खेतितर्फ ध्यान दिन किसानलाई आग्रह गरे ।
जुम्लामा मार्सी चामल, कोदो, फापर, आलु, स्याउ, ओखरलगायतको खेति भइरहेको बताउँदै निकट भविष्यमा नै जुम्लामा गुच्चि च्याउ खेतिबारेमा अनुसन्धान गर्न अनुसन्धान केन्द्र खोल्ने प्रतिबद्धता जनाए ।

कर्णालीका दश हजार नागरिकलाई स्वरोजगार बनाउने आफ्नो योजना रहेको बताउदै मुख्यमन्त्री शर्माले एक वडाक कम्तिमा पन्ध्र जनालाई स्वरोजगार बनाउने गरि सरकार अध्ययनम रहेको बताए ।


सम्बन्धित समाचार