Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

उपप्रधानमन्त्री खड्का र मुख्यमन्त्री शर्मालाई साक्षी राख्दै साँसद थानीको अडानः सुर्खेत विमानस्थल शक्तिका आडमा सार्ने चलखेल गर्न पाईँदैन

सुर्खेत ।
नेपाली कँग्रेसका नेता, पूर्व मन्त्री एवम प्रतिनिधि सभा सदस्य हृदयराम थानीले सुर्खेत विमनस्थलके विस्तार बाहेकको विकल्प नभएको पुनः घोषणा गरेका छन् ।

नेपाली काँग्रेसका उपसभापति एवम उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, नेकपा माओवदीका नेता एवम मुख्यमन्त्री राजकुमार शर्मालाई साँक्षी राख्दै उनले शक्ति र पहुँचको भरमा विभिन्न कार्यालयहरु सारिएकोमा समेत विरोध जनाए ।

उनले सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो जंगल बनाउने योजना ल्याइएको भन्दै विमानस्थल सार्ने नीति कार्यान्वयन हुन नदिने बताए । उनले अहिलेके विमानस्थललई थोरै बजेट व्यवस्थापन गरेर विस्तार गर्न सकिने बताउदै सत्ता र शक्तिको आडमा विमानस्थल सार्ने चलखेल गर्न नपाईने बताए ।

सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उदघाटन सत्रमा बोल्दै उनले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरेका हुन् । विगत लामो समय देखि सुर्खेत विमानस्थलका बारेमा मन्त्री खड्का र सांसद थानीबीच दोहोरी चल्दै आएको भएपनि आज कर्णाली एक्स्पोले भने दुवै जनालाई मनमा लागेका कुरा नागरिक सामु खोल्ने अवसर दिएको थियो ।

सुर्खेत विमानस्थल सार्ने हल्ला मात्रै नभएको उनको दाबी छ । उदाहरणका लागि भेरी कोरिडोरको कार्यालय बोटेचौर सारिएको बताउँदै आवश्यकता र औचित्यका आधारमा उक्त कार्यालय फिर्ता ल्याउन अडिग हुने उनको भनाई थियो । कर्णालीमा चामल, नुन र सिटामोलका लागि मान्छे रुन परेको अवस्था रहेको बताउँदै त्यसकोा समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष सबै मिल्न पर्नेमा जोड दिए ।

कर्णालीको विकासको गति सुस्त भएको बताउँदै कर्णालीको विकासका लागि छुट्टै लगानी सम्मेलन गर्ने, कर मिनाहा जस्ता कार्यहरु गर्न प्रदेश र संघीय सरकारलाई उनले सुझाव दिए ।

 


सम्बन्धित समाचार