Loading... आजः ४ पुष २०८१, बिहीबार

पूर्वमुख्यमन्त्री शाहीद्धारा सय बढी अस्थायी आवास निर्माण, गरे पाँच लाख सहयोग

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री, नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम नेपाली काँग्रेस संसदीय दल कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीले जाजरकोट भुकम्पका पीडितहरुका अस्थायी टहरा निर्माण गरिदिएका छन् ।

नेपाली काँग्रेस संसदीय दलबाट राहत रकम दिइएको बाहेक व्यक्तिगत रुपमा उनले पाँच लाख रुपैंया सहयोग गरि ११० ओटा अस्थायी टहरा निर्माण गराएका हुन ।

उनले कर्णाली प्रदेश सभाबाट एक वर्षको अवधीमा पाउने पारिश्रमिकबाट सो रकम खर्च गरेका हुन ।

उनले ५५ ओटा अस्थायी घर जाजरकोटमा र ५५ ओटा रुकुममा निर्माण सम्पन्न गराएका हुन ।

कर्णालीका अन्य नेताहरुले दलगत राहत रकम हस्तान्तरण गरेपनि पूर्व मुख्यमन्त्री शाहीले भने व्यक्तिगत रुपमै नगद सहयोग गरि टहरा निर्माण गरेका हुन ।

हामी सबैमा आएको यस्तो विपत्ति विरुद्ध व्यक्तिगत रुपमा पनि लडन आवश्यक छ भन्ने धारणाका साथ मैले उक्त रकम सहयोग गरेको थिएँ । त्यो रकमबाट एक सय दश ओटा टहरा निर्माण भएका छन् । यसबाट थोरै भएपनि भूकम्पपीडित नागरिकलाई राहत भएको महसुस गरेको छु, पूर्व मुख्यमन्त्री शाहीले भने ।


सम्बन्धित समाचार