कर्णालीमा अर्थमन्त्री माओवादीले पाउने, माओवादीले आज मन्त्री नपठाउने
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यामलाल कंडेल नियुक्त भएसँगै आज दिउसो प्रदेश प्रमुखले उनलाई शपथग्रहण गराउने भएका छन् ।
अर्थमन्त्रीसहित चार मन्त्रालय माग गरेको नेकपा माओवादीले चार मन्त्रालय पाउने सहमति भएसँगै शपथग्रहणको बाटो मंगलबार खुलेको थियो ।
संख्यात्मक रुपमा माओवादीले अर्थसहित चार मन्त्रालय पाउनेछ भने एमालेले मुख्यमन्त्री बाहेक तीन मन्त्रालय पाउने सहमति भइसकेको छ । अधिकांश मन्त्रालयमा दुईदलबीच सहमति उन्मुख वातावरण बनेपनि सामाजिक विकास मन्त्रालयमा दुवै दलले अडान छोडेका भने छैनन् ।
आज मुख्यमन्त्रीमा कंडेल शपथग्रहण गर्ने छन् । उनले माओवादीबाटपनि कम्तिमा एक मन्त्री सहभागि गराउनुपर्ने भनेर छलफल गरेतापनि माओवादीले भने आज मन्त्री पठाउने सम्भावना भने न्यून देखिएको छ ।
‘माओवादीबाट आज मन्त्रीको रुपमा कसैले पनि शपथ लिदैंनन ।’ मुख्यमन्त्री राजकुमार शर्मा निकट स्रोत भन्छ, ‘प्याकेजमा मन्त्रालय जिम्मा दिने सहमति नभइसकेकाले आज मुख्यमन्त्रीमा कंडेलले मात्रै शपथ लिन्छन्, हाम्रो दलबाट कोहि सहभागि हुँदैनन् ।’
पहिलोप्रेस
२८ चैत्र २०८०, बुधबार ११:२७