Loading... आजः ४ पुष २०८१, बिहीबार

सल्यान काँग्रेस जिल्ला सभापति विष्ट र पूर्वाधार कार्यालय प्रमुखबीच कुटाकुट, सभापति विष्ट घाईते

जिल्ला प्रहरी कार्यालय पुग्यो जाहेरी

सुर्खेत ।
नेपाली काँग्रेस जिल्ला कार्यसमित सल्यानका सभापति केशबहादुर विष्ट र पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरिबहादुर ओलीबीच चैत २९ गते वनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रहीमा कुटाकुट भएको छ । कुटाकुटबाट जिल्ला सभापति केशबहादुर विष्ट घाईते भएका छन् ।

कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीकै सामु उक्त घटना भएको र सो घटना जिल्ला प्रहरी कार्यालय सल्यानसम्म पुगिसकेको पाइएको हो ।

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरि बहादुर ओलीले आफू सडक अनुगमन गर्न गएको समयमा आफूमाथि सुनियोजित तरिकाले सभापति विष्टले आक्रमण गरेको र आफ्नो बचाउ गर्दा सभापति विष्टलाई चोट लाग्न पुगेको पहिलोप्रेसलाई प्रतिक्रिया दिएका छन् ।

‘२९ गते विदाको दिन थियो । उक्त दिन वालुवासंग्रही कुपिण्डे खलंगा सडकको अनुगमन गर्न म बालुवासँग्रही पुगेको थिएँ । दिनभरि अनुगमन गरेर साँझ आठ बजे बालुवासंग्रहीमा खाना खाएर फर्किने मेरो तयारी थियो । सोही योजना अनुसार बालुवासंग्रहीमै म फर्किएँ । त्यहाँ खानेपानी संचाई कार्यालय प्रमुख पनि रहेको जानकारी पाएपछि उनी बसेको होटलमा म गएँ । त्यहाँ हामी नास्ता गर्न लाग्यौं ।’

कार्यालय प्रमूख ओलीले भने, ‘ हामी बसेर नास्ता गर्न सुरु गरेका थियौं । सभापति केश बहादुर विष्ट र प्रदेश सांसद सुरेश अधिकारी पनि आउनुभयो चिनजान भएका कारण हामी चारै जना सँगै बसेर खायौं । खाइरहेको समयमा सभापति विष्टले पूर्वाग्रही हिसाबले मन्त्री माननीयका मात्रै कुरा सुन्ने, ठूला कुरा गर्ने भनेर विवाद गर्न थाल्नु भयो । मैले दुई तिन पटक हात जोडेर अनुरोध गर्दा पनि आमासँग जोडेर अश्लिल शब्द बोल्न थाल्नुभयो । उहाँले सिसाका बोत्तलले हान्नुभयो । मैले छले, फेरि म माथि हात हाल्नु भयो । मेरो नाकमा चोट लाग्यो, उहाँको एक औंला मेरो मुखमा पसेछ । मैले ख्याल नगरेर टोकेछु ।’

रगत बगिसकेको भन्ने हल्ला भइसकेपछि आफू भित्र गई उपचार गर्न जाउँ भनेको उनको दाबी छ । ‘त्यसपछि हामी उपचारका लागि सल्ली गयौं, त्यहाँ उपचार गराइयो । उहाँ बजारमा जानुभयो, म कोठमा गएँ । भएको यत्ति हो ।’
उनले आफूमाथि बारम्बार आक्रमण गरेका र सेल्फ डिफेन्समा आफू गएका कारण त्यस्तो घटना भएको बताए ।
यता, नेपाली काँग्रेस सल्यानका सभापति केशबहादुर विष्टले पूर्वाधार प्रमूखले नै आफूमाथि बोत्तल प्रहार गरेको आरोप लगाए ।

अहिले उपचारकै क्रममा अस्पतालमा रहेको बताएका विष्ट कालिकोट देखि सल्यानतर्फ जाँदा बालुवासंग्रहीमा उक्त घटना घटेको बताउँछन् । ‘त्यहाँको कृष्ण होटलमा खाना खान गएको थिएँ । म खाना खाएर बसेको अवस्था थियो । हामी जाने भनेर निस्किएका थियौं । त्यहि समयमा ओली र खानेपानी कार्यालय प्रमुख ज्वाला शाहीले सांसद अधिकारीलाई बोलाई नास्ता अर्डर गरे । हामीलाई पनि खान भने । कर्मचारी काँग्रेस आस्थावान कर्मचारी भएका कारण दश हजार भोट बढाउने गरि काम गरिदिनुप¥यो भनेर मैले भने ।’ उनले भने, ‘उनलाई मैले भाई भनेँ, उनलाई गाह्रो लागेछ । मलाई भाई भन्ने भनेर उनि जोसिए । बोत्तलले उसले आक्रमण ग¥यो । देव्रे हातको बुढी औंला बेस्सरी टोक्यो । बाहिर गएर ढुंगा मुढा गर्न लाग्यो । एक डेढ घण्टा बेहोस भएँ, उसलाई सल्लीको प्रहरीले उतै राख्यो । म र माननीय खलंगा आयौं । उसले अहिले माफी मागिरहेको छ । पीडा मलाई परेको छ अरुले मिल्नुप¥यो भनेर भनिरहेका छन् । म कानूनी प्रक्रिया अन्र्तगत अभद्र व्यवहारको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेर अघि बढिसकेको छु ।’

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीले अभद्र व्यवहार अन्र्तगत जाहेरी परेको बताए । ‘शुक्रबार साँझ सभापति विष्टले जाहेरी दर्ता गराउनु भएको छ ।’ डिएसपी कार्कीले भने, ‘हामी अहिले छानविनकै क्रममा छौं ।’


सम्बन्धित समाचार