Loading... आजः ४ पुष २०८१, बिहीबार

रामनवमीले सबैलाई सबैको हित गरौं भन्ने दिव्य आर्दश दिन सकोस्ः मुख्यमन्त्री कँडेल

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले राम नवमी पर्वले सबैलाई सबैको हित गरौं भन्ने दिव्य आर्दश दिन सकोस भन्दै शुभकामना दिएका छन् ।

रामनवमी पर्वको अवसरमा आज शुभकामना सन्देश दिदैं मुख्यमन्त्री कंडेलले स्वदेश तथा विदेश रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना समेत ब्यक्त गरेका छन् ।

वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमी पर्वको आफनै महत्व छ । आजको दिनलाई असत्यको अन्धकारमाथि सत्य र मर्यादाको उज्यालोको प्रतिकका रुपमा मनाउने प्रचलन रहेको छ । त्रेता यूगमा यस धर्तीमा लोकहितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीमा त्यागशिलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गुण एवम् गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

राम नवमीको अवसरमा हामी सबैमा सहमति, सहकार्य र सहअस्तित्वका साथ मिलेर काम गर्ने र सत्यको पक्षमा अडिग भएर अघि बढ्ने प्रेरणा मिलोस भन्ने कामना समेत उनले गरेका छन् ।

यो पर्वले विविध धर्म संस्कृति मान्ने सबै नेपालीबीच प्रेम, भातृत्व र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अभैm प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास मुख्यमन्त्री कंडेलको छ ।

 


सम्बन्धित समाचार