Loading... आजः ४ पुष २०८१, बिहीबार

बैशाख ७ गतेदेखि सुर्खेतमा फिल्म फेस्टिवल सुरु हुँदै

नेपाली र युरोपेली लघु चलचित्र प्रर्दशन हुने, प्रवेश निःशुल्क

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बैशाख ७ गतेदेखि फिल्म फेस्टिवल सुरु हुने भएको छ । नेपाली १२ ओटा र नौ युरोपियन लघुचलचित्र उक्त फेस्टिवलमा देखाइने आयोजकले जनाएको छ ।

नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले नेपाल–यूरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) तेस्रो पटक सुर्खेतमा आयोजना गर्ने भएको हो ।

महोत्सव वैशाख ७ र ८ गते मध्यपश्चिम विश्वविद्यालयको हल कुइनेपानीमा आयोजना गरिएको हो ।

महोत्सवमा ७ वटा लघुनेपाली चलचित्र र ६ वटा युरोपेली चलचित्र प्रदर्शन गरिने छ । यसका अलावा वैशाख ८ गते विहान ११ः२० देखि २ः३० बजेसम्म विश्वविद्यालयको अर्को हलमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिने छ भने ७ गते बिहान ९.३० बजेदेखि १०.३० बजेसम्म युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभीनेद्वारा नेपाल–युरोपियन युनियनको दौत्यसम्बन्ध र विकास सहकार्यवारे विश्वविद्यालयमा व्याख्यान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो वर्षको चलचित्र महोत्सव यूरोपियन युनियन–नेपाल दौत्यसम्वन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा यूरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव भन्ने मूल नारा रहेको छ ।

युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नेपाली दर्शकहरूसंग आदानप्रदान गर्न पाउँदा अत्यन्त हर्षित भएको नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभानेले बताईन ।

समग्रमा महोत्सवमा ९ वटा युरोपियन र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो जन्नमा २२ वटा लघुचलचित्र समावेश भएका थिए । ती ५२ मध्येबाट १२ वटा लघुचलचित्र महोत्सवका मागि छनौट गरिएको हो ।

चुनिएका ९ वटा यूरोपेनी चलचित्रमध्ये सुर्खेतमा मेरियन र निर्देशित विवि डेनमार्क), रोकरिगो सोरोगोयेन निर्देशित् द विस्ट, जेडिया वर्माव निर्देशिन टीपार रालोमेरो निर्देशित स्कूलग्रन्स, इम्यानुएन पर निर्देशित निकाय मानिचेज कि एन्टोनियो नुकीच निर्देशित लक्जेम्बर्ग जेम्बर्गप्रति गरि भने १२ वटा पु नेपाली चलचित्रमध्ये शान्ता नेपानी निर्देशित ध्येय ड्रिम्स, जिन महत निर्देशित दस ट पिरियड, समल वजाचार्य निर्देशित हावाम्यानु स्वयम् मास्के मानन्धर निर्देशित दबुन, व काऊ द काफ, अतिन श्रेष्ठद्वारा निर्देशित मखमली उडान, निमा गेन् शेषां निर्देशित काठमाडी मनसुन र अनिल कुमी निर्देशित करा प्रदर्शित हुनेछन् ।

नेपालस्थित युरोपियन युनियनको डेनिमेशन फिल्म क्रिटिक्स कम्पिटिसन (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्ने भएको छ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा÷समालोचनालाई फिल्म क्रिटिक्स् अवार्ड प्रदान गरिने बताइएको छ । यस प्रतिस्र्पधाका विजेताहरु पनि यसै वर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने बताइएको छ ।

 


सम्बन्धित समाचार