Loading... आजः ४ पुष २०८१, बिहीबार

प्यानको केन्द्रीय सदस्यमा जन नमूना माविका प्रअ श्रेष्ठ चयन, प्रदेश अध्यक्षमा घिमिरे

सुर्खेत ।
नेपाल प्रधानाध्यापक संघको केन्द्रीय सदस्यमा जन नमूना माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक याम श्रेष्ठ चयन भएका छन् । सातै प्रदेशमा शनिबार प्यानका समिति समेत गठन भएका छन् । सोही अनुसार कर्णाली प्रदेश अध्यक्षमा नवराज घिमिरे चयन भएका हुन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्राधानाध्यापकहरुको हक, हित र अधिकारका लागि भन्दै प्यान गठन गरिएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यसमिति उपाध्यक्षमा भक्तबहादुर शाही, महासचिव पूर्णप्रसाद पौडेल, सचिव टिकाराम सुवेदी, कोषाध्यक्ष लोकबहादुर खत्री, उप–कोषाध्यक्ष सुशीला शर्मा एवं सदस्य सचिवमा जनकबहादुर सिंह सम्मेलनबाट सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा सदस्यमा नेत्रमणि चालिसे (सुर्खेत), धनबहादुर रोकाय (दैलेख), कैलास रोकाय (हुम्ला), दिपराज शाही (कालिकोट), सत्यनारायण सिंह (डोल्पा), जयबहादुर थापा (जाजरकोट), धनबहादुर रोकाय (जुम्ला), देवेन्द्रकुमार चन्द (सल्यान), खडकबहादुर रोकाय (मुगु), शंकरकुमार रावल (रुकुम पश्चिम), महेन्द्रप्रसाद चौलागाई (कालिकोट), राजकुमार सापकोटा (सुर्खेत), धर्मराज उपाध्याय (दैलेख) र भानुप्रसाद शर्मा (सुर्खेत) लाई निर्वाचित गरेको छ ।
सम्मेलनले नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेश समिति सल्लाहकार परिषद् संयोजकमा खगेन्द्र थापा समेत मनोनयन गरेको छ ।

कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रिय महासचिव लक्ष्मण श्रेष्ठले आफुलाई अब्बल शिक्षकका रुपमा सावित गर्न पेशागत क्षमता अभिबृद्धि गर्न समेत आवश्यक रहेको औल्याए ।

उनले आफ्नो पेशालाई मर्यादित बनाउन सांगठनिक सुदृढीकरणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जुट्न आग्रह गरे । त्यस्तै संघका केन्द्रिय सदस्य यामबहादुर श्रेष्ष्ठले भौतिक, शैक्षिक पूर्वाधारमा सुधार गर्दै सिकाइ क्रियाकलापमा परिवर्तन गरेर शिक्षामा रुपान्तरण गर्न सकिने सुझाव दिए ।

संघका केन्द्रीय सदस्य श्रेष्ठका अनुसार शनिबार एकैदिन ७ वटै प्रदेशमा एकसाथ नेपाल प्रधानाध्यापक संघ प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिएका छन् । उनले आउँदो जेठ २६ र २७ गते काठमाडौंमा केन्द्रिय सम्मेलनको आयोजना गरिएको जानकारी समेत दिए ।

 


सम्बन्धित समाचार