Loading... आजः १६ असार २०८२, सोमबार

शिक्षक दरवन्दी बढाउन दवाव दिनुहोसः मुख्यमन्त्री कंडेल


सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले शिक्षकहरुले राज्यलाई दरवन्दी बढाउन आवश्यक दवाव दिनुपर्ने बताएका छन् ।

प्रिन्सिपल असोसियसन अफ नेपाल, सुर्खेत जिल्ला प्रिन्सिपल समिटलाई सम्वोधन गर्दै उनले २०५१ कै दरवन्दी अनुसार अब अघि बढन नसकिने बताएका हुन ।

‘२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसंख्या बढेको छ, विद्यालयको संख्या बढेको छ ।’ उनले भने, ‘आवश्यक मात्रामा दरवन्दी कायम गरेर सामूदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि यहाँहरुको संगठनले केन्द्र स्तरमै शिक्षा क्षेत्रको सुधार गर्न आवश्यक निष्कर्ष निकालेर अघि बढन जरुरी छ ।’

मुख्यमन्त्री कंडेलले सामुदायिक शिक्षा सोचनिय अबस्थामा रहेको बताउँदै सम्बिधान अनुसार तीन तहको सरकार चलिरहेको जनाउँदै सामुदायिक शिक्षालाइ बलियो बनाउनु पर्नेमा त्यस्तो हुन नसकेको बताए ।

मुख्यमन्त्री कंडेलले बिस्वास र भरोसा गरेर अघि बढनु पर्ने बताए । कर्णालीमा सिमित श्रोत साधन भएपनि शिक्षालाई सुधार गर्दै अगाडि लिएर जानुपर्नेमा जोड दिए । उनले गछ्य अनुसार शासन चलाउन संघियता ल्याइएको बताउँदै जन अपेक्षा अनुसार काम गर्न नसक्दा जन आक्रोश बढिरहेको उनको भनाई थियो ।

मुख्यमन्त्री कंडेलले विगतमा दामाशाही तरिकाले बजेट बिनियोजन गर्ने प्रचलन हावी भएको बताए ।

‘प्रदेश भरिकै बिध्यार्थी वीरेन्द्रनगर केन्द्रीत हुने, भौतिक संरचना देखि अन्य सबै कुराको अभाव हुने अबस्थालाइ सुधार गर्ने प्रयास गर्छु ।’ उनले भने ।

कार्यक्रममा जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम एशोसियसनका केन्द्रीय सदस्य यामबहादुर श्रेष्ठले कार्यपत्र पेस गरेका थिए ।


सम्बन्धित समाचार