Loading... आजः २५ माघ २०८१, शुक्रबार

माओवादी महासचिव गुरुङ्गलाई प्रश्नः माओवादीमा मन्त्री बन्न योग्य नेता रुकुम र जाजरकोटमा मात्रै छन ?

सुर्खेत ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले पार्टीमा व्यापक छलफल गरेर मात्रै मन्त्री छान्ने गरिएको दावी गरेका छन् ।

वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पहिलोप्रेसले माओवादीबाट संघीय सरकारमा जाजरकोट र रुकुम पश्चिमको मात्रै आलोपालो किन गरन्छ भन्ने प्रश्नमा उनले सो कुरा दावी गरेका हुन ।

रुकुम पश्चिमबाट जनार्दन शर्मा प्रभाकर मन्त्री हुँदा जाजरकोटका शक्ति बस्नेत मन्त्री मण्डलबाट बाहिर बस्ने र बस्नेत मन्त्री बन्दा प्रभाकर बाहिर बस्ने प्रचलन माओवादी केन्द्रमा हावी छ ।

दुई नेता बाहेक कर्णाली प्रदेशबाट संघमा अन्य माननीय भएपनि प्रधानमन्त्री प्रचण्डले यी दुवै नेतालाई बारम्बार मन्त्री बनाइरहेका छन् ।

‘पार्टीले आवश्यकताको आधारमा मन्त्री छानेको हो । माओवादी भन्नाले ती दुई जिल्ला मात्रै होईनन ।’ उनले रणनीतिक प्रतिक्रिया दिए ।

उनले जनमत पार्टी र रञ्जिता श्रेष्ठको पार्टीलाई पनि संघीय गठबन्धनमा समावेश गरिने बताए ।

यस्तै, समाजवादी मोर्चामा उपेन्द्र यादवलाई समेटने प्रयास जारी रहेको बताउँदै समाजवादी मोर्चा भन्दा पनि आफूहरुले पार्टी एकीकरण नै गर्ने गरि छलफल भइरहेको बताए ।

 


सम्बन्धित समाचार