Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली प्रदेश सभा वैठकः नीति तथा कार्यक्रम पारीत हुँदै

लघुवित्त किन हटाएको भन्दै माओवादी नेताको आपत्ति


सुर्खेत ।
कर्णाली प्रदेश सभाको आजको वैठकबाट सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पारीत गरिन भएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्य राजीव विक्रम शाहले सरकारले भूकम्प प्रभावित जिल्लाका लागि आवश्यक नीति ल्याउन नसकेको आरोप लगाएका छन् ।

उनले हजारौं विद्यार्थीहरु खुला चौरमा बसेर अध्ययन गर्नु परिरहेको बताउँदै वर्षायाम सुरु हुनुपूर्व नै वैकल्पिक व्यवस्था मिलाउन माग समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका दल नेता एवम पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गत आर्थिक वर्षमा ल्याइएको नीतिका केहि कुराहरु किन हटाइएको भन्दै प्रश्न गरे ।

कर्णालीको विकासका लागि आवश्यक लघु वित्तिय वैंक स्थापना गर्ने भनेर राष्ट्र वैंकसम्म फाईल पुगेकोमा त्यसलाई किन हटाइएको हो भन्दै प्रश्न गरे ।

उनले कृषकहरुलाई प्रेरित गर्न गाउँमा कोही वैंकपनि नगएको बताउँदै लघु वित्त स्थापना गरेमा कर्णालीका कृषकहरुलाई वान डिजिटमा ऋण दिन सकेमा यो वैंकले लक्षित वर्गमा उत्साह प्रदान हुने बताए ।
‘कर्णालीमा भोक, शोक छ तर त्यो भन्दा बढी अथाह सम्भावना छन् । हाम्रा आवश्यकताहरु सम्वोधन गर्नका लागि पर्यटक, जल जमिन छन् ।’ उनले भने, ‘संघको कुरा होस या प्रदेशको कुरा होस, शासन प्रणालीलाई आत्मसाथ गर्ने कुरा, लागु गर्ने कुरालाई गहिरो गरी हे¥यौं भने स्थिति भयावह छ । डरलाग्दो छ । व्यक्ति केन्द्रीत अभिव्यक्ति दिने कार्य राम्रो होइन ।’

उनले नीति निर्माण गर्दैगर्दा जनसाधारणले बुझ्ने भाषामा ल्याइनुपर्ने बताए ।

नेकपा एमाले प्रमूख सचेतक टेकराज पछाईले योजना निर्माणमा नीतिगत सुधार गर्ने गरि नीति आएको बताउँदै नीति तथा कार्यक्रम राम्रो ल्याइएको बताए ।

उनले कृषि, अमला, स्याउ, सुन्तला जस्ता कृषि जन्य उत्पादन बढावा दिन खास नीति नआएको बताए ।


सम्बन्धित समाचार