Loading... आजः ४ पुष २०८१, बिहीबार

आर्थिक मामिला मन्त्री केसिलाई बोल्न दिएन काँग्रेसले

प्रदेश सभा नियमावलीको काँग्रेसद्धारा उल्लंघन

सुर्खेत ।
नेपाली काँग्रेसले कर्णाली प्रदेश सभाको आजको वैठक अवरुद्ध गराएको छ । बजेट पुर्नलेखन गर्नुपर्ने प्रमूख माग राख्दै काँग्रेस सांसद घनश्याम भण्डारीले सदनमा आवाज उठाएसँगै काँग्रेसका सबै सांसदहरु उठेर उनको सर्मथन जनाएका थिए ।

नेपाली काँग्रेसले बजेटमाथिको सामान्य छलफल सकिएर आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले जवाफ दिन रोष्ट्रम प्रयोग गर्दा काँगेसले सदन अवरुद्ध गरेको हो ।

कर्णाली प्रदेश सभा नियमावली परिच्छेद १७ को बुँदा नम्बर १३७लाई उल्लंघन गरेको छ काँग्रेसले ।

हेर्नुहोस, नियमावलीमा के छ व्यवस्था ?

१३७. राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलः
(१) आर्थिक मामिला तथा योजना मन्त्रीले बैठकमा अर्थ विधेयक प्रस्तुत गरे अनुमतिको लागि प्रस्ताव प्रस्तुत गर्नुअघि राजस्व र व्ययको बार्षिक अनुमानमादि सामान्य छलफल गर्नको निमित्त सभामुखले मुख्यमन्त्री वा निजको अनुपस्थितिम निजले तोकेको अन्य कुनै मन्त्रीसँग परामर्श गरी दिन तथा समयावधि तोक्नेछ ।

(२) उपनियम (१) बमोजिम तोकिएको दिन र समयावधिभित्र राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरिनेछ ।

(३) उपनियम (२) बमोजिमको छलफलको प्रारम्भ आर्थिक मामिला तथा योजना मन्त्रीको वक्तव्यबाट हुनेछ र छलफलमा उठेका प्रश्नहरूको उत्तर आर्थिक मामिला तथा योजना मन्त्रीले अन्त्यमा दिनेछ ।

तर, मन्त्रीले जवलप दिन थाल्दा कुनै स्पष्ट नियमावली बमोजिम नभई काँग्रेसले बाहूबली शैलीमा सदन अवरुद्ध गर्न खोजेको सत्तारुढ सांसदहरुको आरोप छ ।

‘प्रदेश सभाको नियमावलीमा आज काँग्रेसले गरेको सदन अवरुद्धको कहिँ कतै व्यवस्था छैन ।’ माओवादी सांसद एवम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भने, ‘यो भनेको लोकतन्त्रमा विश्वास गर्ने भन्दै आएको काँग्रेसको बाहुबली शैलि नै हो ।’

यता, प्रदेश सभा सचिव जीवराज बेढाथोकीले सदनमा मन्त्री बोल्न लाग्दा यसरी सदन अवरुद्ध गर्ने कुनै प्रचलन नभएको बताए ।

‘सामान्य छलफल सुरु गर्नुपूर्व उहाँहरुले सदन अवरुद्ध गर्न सक्नुहुन्थ्यो वा अर्थमन्त्रीको जवाफ आइसकेपछि जवाफमा चित्त नबुझेको भनेर सदन अवरुद्ध गर्न सक्ने व्यवस्था छ ।’ उनले भने, ‘तर बीचैमा सदन अवरुद्ध गर्नु यो नौलो प्रचलन भयो ।’

यता, काँग्रेसले भने बजेट पुर्नलेखन नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएको छ ।

‘काँग्रेस सांसद सुरेश अधिकारीले भने, ‘जबसम्म सरकारले बजेट सच्याएर ल्याउँदैन, पुर्नलेखन गरेर ल्याउँदैन, यो सदन अघि बढन सक्दैन ।’
अहिले यो विषयमा दलहरुबीच छलफल भइरहेको छ भने सहमति जुटाउने प्रयत्न भइरहेको छ ।


सम्बन्धित समाचार