Loading... आजः ११ चैत्र २०८१, मंगलवार

शुक्रबार वीरेन्द्रनगरमा हाफ म्याराथुन हुने, ख्यातीप्राप्त धावक सहभागि हुँदै

सुर्खेत । मिड वेस्टर्न फिटनेस सेन्टर वीरेन्द्रनगरको आयोजनामा असार ७ गते शुक्रबार हाफ म्याराथुन हुने भएको छ । देशभरका ख्यातीप्राप्त धावक सहभागि हुने उक्त म्याराथुनको सुरुवात विहान साढे ६ बजे वीरेन्द्रचोकबाट हुने आयोजकले जनाएको छ ।

काँक्रेविहार हाफ म्याराथुनका संयोजक प्रमोद हमालले कर्णाली प्रदेश म्याराथुन धावककालागि उर्वर भुमि भएको बताए । उनले कर्णाली प्रदेशको पर्यटन प्रर्वद्धन र खेलाडी उत्पादनका लागि म्याराथुन आयोजना गरिएको बताए ।

२१ किमि एक सय मिटर दुरिको हाफ म्याराथुन, १० किमि, पाँच किमि र तीन किमीको दौड आयोजना गरिएको उनको भनाई छ ।
यसकालागि सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै आयोजना सम्पन्न गर्न हालसम्म कर्णाली खेलकुद परिसदबाट ४ लाख, कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट १ लाख र वीरेन्द्रनगर नगरपालिकाबाट एक लाख रकम संकलन गरिएको हमालले जानकारी दिए । यो सँगै प्रतियोगिताका लागि १० लाख बराबरको सहयोग संकलन भएको छ भने अब चार लाख ९४ हजार रकम संकलन गर्न लागिएको छ, उनले भने ।

म्याक्स टाइगरले एक हजर टिशर्ट उपलब्ध गराउँदा नेपालगन्जको व्राइटल्याण्ड स्कुलले दुई सय टिसर्ट उपलब्ध गराएको छ ।’ उनले भने, ‘२१ किलोमिटर खुल्लातर्फ विजेताले १ लाख, दोश्रोले ५० हजार, तेस्रोले तीस हजार, चौथोले बीस हजार तथा पाँचौं देखि दशौं हुनेलाई १५ हजारका दरले पुरस्कार रकम हस्तान्तरण गरिनेछ ।’

उनले भने, ‘क्रमश १० किलोमिटर तर्फ प्रथम १०, द्धितिय ७ र तृतिय पाँच हजार, पाँच किलोमिटर तर्फ प्रथम पाँच, द्धितिय तीन र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई दुई हजार नगद पुरस्कार प्रदान गरिने छ । ’

प्रतियोगितामा पत्रकार, विद्यार्थी, बालबालिका लगायतलाई लक्षित गरी तीन किलोमिटर दौड प्रतियोगिता पनि समावेश गरिएको छ ।

दौड प्रतियोगिताको रुट वीरेन्द्रचोकबाट सुरु भएर मंगलगडी, एअरपोर्टचोक, सुब्बाकुना हुदै फेरी सोही रुट फिर्ता भएर सुब्बाकुना, मंगलगडीचोक हुदै रेडियोनेपाल बांगेसिमल मोडबाट फिर्ता भई मंगलगडी, वीरेन्द्रचोक पुगेर समापन हुनेछ ।

 

 


सम्बन्धित समाचार