Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली भरि मनाईयो धान दिवस, आठबीसमा पनि गरियो रोपाई


सुर्खेत । असार पन्ध्रलाई धान दिवसको रुपमा मनाउने प्रचलनसँगै कर्णालीका सबै जिल्लामा विविध कार्यक्रम गरेर आज धान दिवस मनाइएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बराहताल गाउँपालिकाको बड्डीचौरमा धान रोपेर धान दिवस मनाएको छ भने हरेक पालिकाहरुले पनि विविध कार्यक्रम गर्दै धान दिवस मनाएका छन् ।

दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका वडा नम्बर चारमा पनि आज धन रोपेर धान दिवस मनाइएको छ ।

कृषि विकास शाखाको आयोजनामा राकम कर्णाली स्थित कानेगाड खोलामा बनेको ट्रस्ट व्रिज नजिकैको खेतमा रोपाई गरेर २१ औं धान दिवस तथा रोपाई समारोह मनाइएको शाखा प्रमूख चक्र खातीले बताए ।

‘आठबीसका खासगरी वडा नं. ४, ६, १,२,३ का कर्णाली नदी तटीय तथा खोलाका किनारामा रहेका खेतहरुमा रोपाई सुरु भएको छ । धान दिवसलाई विषेश रुपमा मनाउन आज हामीले पनि खेतमा गएर धान रोपेका हौं ।’ उनले भने ।


सम्बन्धित समाचार