Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीका काँग्रेस सांसद ‘मन्त्री’ माग्न काठमाडौंमा

नेतृत्व विहीन काँग्रेसमा कसले छान्ला मन्त्री ?

सुर्खेत । केन्द्रमा असार १७ गते राती भएको भनिएको नेपाली काँग्रेस र एमालेबीचको सत्ता सहकार्यको सहमति अनुसार कर्णाली प्रदेशमा पनि सरकारमा काँग्रेस सहभागि हुने निश्चित जस्तै बनेपछि काँग्रेस सांसदहरु मन्त्री माग्न काठमाडौं हानिएका छन् ।

अनौपचारीक खबर अनुसार कर्णालीमा एमाले नेतृत्वमा नै सरकार कायम रहने सहमति भएबमोजिम काँग्रेसका सांसदहरु मन्त्री माग्न काठमाडौं गएका हुन ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव विक्रम शाह, जानकी सिंह, सांसदहरु सुरेश अधिकारी, विजया बुढा, हिक्मत विष्ट काठमाडौं पुगेका छन् ।
लामो समयदेखि रिक्त रहेको काँग्रेस संसदीय दलमा दलको नेता चयन हुन नसक्दा सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷०८२को बजेटमा काँग्रेस अलमलमा परेको थियो ।

अब माओवादी यदि सरकारबाट बाहिरिएको खण्डमा काँग्रेसमा कसलाई मन्त्री छानेर पठाउने अधिकार दिने भन्ने बारेमा अन्यौलता उत्पन्न हुने भएको छ ।

१४ जना सांसदहरु रहेको नेपाली काँग्रेसमा एक सांसदले अर्का सांसदका कुरा सुन्ने अवस्था नरहेको स्रोत दाबी गर्छ ।

यसैबीच, भोली असार २८ गते प्रतिनिधि सभाको बैठकमा हुने छलफलका आधारमा कर्णालीमा राजनीतिक उथलपुथल हुने भएको छ ।
‘हामीले केन्द्रको समिकरण अनुसार अघि बढनुको विकल्प छैन । राजीनामा पत्र हामीले बोकेर राखेका छौं । आवश्यकता परेको खण्डमा जुनसुकै बेलापनि राजीनामा दिन तम्तयार छौं ।’ माओवादी केन्द्रका एक मन्त्रीले पहिलोप्रेसलाई भने, ‘यहाँ अहिलेसम्म मुख्यमन्त्री यामलाल कंडेलज्यूले पनि २८ गतेपछि नै छलफल गर्ने भन्नु भएका कारण हामीले अहिले कुनैपनि निर्णय लिइसकेका छैनौं ।’

 

 


सम्बन्धित समाचार