प्रदेश सभामा सभामुख गुरुङ्गको दादागिरी, पत्रकारले खिचेको फोटो मर्याादापालकबाट डिलेट !
सुर्खेत । कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुङ्गले दुई जना पत्रकारमाथि दादागिरी देखाएकी छिन ।
लामो समयदेखि काँग्रेस संसदीय दलको नेता रहेका जीवनबहादुर शाही निलम्वन भएपनि उनको नाम राखिएको नामप्लेटको तस्वीर खिच्न पुगेका दुई जना पत्रकारमाथि उनले यस्तो व्यवहार देखाएकी हुन ।
‘हामी विभिन्न प्रक्रिया पुरा गरेर प्रदेश सभा भवनमा छिरेका थियौं ।’ रातोपाटीमा कार्यरत पंख बहादुर शाहीले भने, ‘म सँगै सिद्धदर्शन दैनिकका समाचार प्रमूख कुलेन्द्र शाही पनि थिए, हामी भित्र छिरेर जीवन शाहीको नेमप्लेटको तस्वीर खिचेका थियौं, पछि मर्यादापालकले जर्वजस्ती मोवाईल खोसेर फोटो डिलेट गराए ।’
पत्रकार कुलेन्द्र शाहीले संसद जनताको भन्ने गरिएको भएपनि आज प्रदेश सभामा त्यस्तो अनुभाव नभएको बताए ।
‘सचिवालयका कर्मचारीसँग पनि भेट भो ।’ उनले भने, ‘तर जीवन बहाीको कार्यकक्षका तस्वीर खिच्दा प्रहरी प्रशासकन नै लगाएर डिलट गरियो । यो भनेको प्रस स्वतन्त्रताका खिलाफ प्रदेश सभा रहेको पुष्टि हुनु हो ।
प्रदेश प्रहरी कार्यालयका एसएसपी वीरबहदुर वलीले भने के भएको हो भन्ने बारेमा जानकारी नभएको बताए ।
‘सभामुखको प्रेस हेर्ने व्यक्तिलाई सोध्नुहोस, अनुमति नभए फोटो खिच्न मर्यादापालकले दिदैंन ।’ उनले भने ।
यता, सभामुख गुरुङ्गले भने प्रदेश सभामा पत्रकार नै नआएको दावी गरिन ।
‘उहाँहरु आएको मलाई थाहा छैन ।’ उनले संक्षिप्त प्रतिक्रिया दिईन । तर उनैले जीवन शाहीको नेमप्लेटको तस्वीर खिच्न रोक लगाएको र तस्वीर डिलेट गर्न बाध्य पारिएको सचिवालय स्रोतले दावी गरेको छ ।
पहिलोप्रेस
२ श्रावण २०८१, बुधबार १४:४८