Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली सत्तामा किन टाँसिँदैछ माओवादी ?

सुर्खेत । नेकपा माओवादी कर्णाली प्रदेश केन्द्रमा सत्ता परिवर्तन भएपनि कर्णालीमा भने निरन्तर टाँसिँरहेको छ ।

सामान्यतया केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन हुने वित्तिकै प्रदेशमा रहेका सरकारहरु परिवर्तन हुने प्रचलन विपरित नेकपा माओवादी कर्णाली प्रदेश सरकारबाट बाहिरन नचाहनुको कारण के होला भन्ने चासो जनतामा देखिन थालेको छ ।

सत्ता भन्दा बाहिर रहन नसक्ने आरोप लाग्दै आएको नेकपा माओवादीलाई कर्णाली सरकारमा रहिरहेको कारण माओवादीभित्र तीव्र सत्तास्वार्थ कायम रहेको र सत्ताको भोको माओवादी भइरहेको पुष्टि भइरहेको हो ।

 

असार १ गते कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले ल्याएको बजेट २१ गते नै पारीत भइसकेको थियो । यद्यपी केन्द्रमा गठबन्धन भने १७ गते राती नै बदलिइसकेको थियो ।

त्यसयता केन्द्रीय राजनीतमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन सकेनन भने आज प्रधानमन्त्री केपि शर्मा ओलीले विश्वासको मत लिदैंछन् ।

अन्य प्रदेशमा एमाले भने धमाधम सरकारबाट बाहिरिसकेको अवस्थामा कर्णालीमा भने माओवादी मन्त्रीहरु झण्डावाला गाडी गुडाउँदै ‘मन्त्रीबाट राजीनामाको पत्र गाजीमा राखेको’ भन्दै हिँडिरहेका छन् ।

माओवादीबाट हाल मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा चार जना मन्त्री छन् । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसि, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा मन्त्री रणसिंह परयार र उद्योग मन्त्री दुर्ग रावत अझै मन्त्री पद खाइरहेका छन् ।

यता, तपाईहरु सत्ताबाट कहिले निस्कने हो भन्ने प्रश्नमा सरकारमा सहभागि आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले संसदीय दलको निर्णय नभएका कारण आफूहरुले राजीनामा नदिएको बताउँछन् ।

‘दलका नेता एक दुई दिनमा सुर्खेत आउने कुरा छ । सोही कुरा अनुसार दलको वैठक बसेर मन्त्रीले राजीनामा दिने र सरकारलाई दिएको विश्वास फिर्ता लिने निर्णय हुन्छ ।’ उनले भने, ‘त्यहि कारण रोकिएको हो । हामीले त गोजीमा नै राजीनामा तयार गरेर राखेका छौं ।’

 


सम्बन्धित समाचार