Loading... आजः २५ भाद्र २०८१, मंगलवार

कार्यसम्पादनको वैठकबाट काँग्रेसले आज मन्त्री छान्दै

चार मन्त्री पदका लागि ६ जना सांसदको दौड


सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश समितिले मुख्यमन्त्री यामलाल कंडेल नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम आज टुंग्याउने भएको छ ।

आज विहान नौ बजे प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगरमा काँग्रेसको कार्य सम्पादन समितिको वैठक बस्ने भएको छ । सोही वैठकले काँग्रेसबाट सरकारमा सहभागि हुने मन्त्री छनौट गर्ने बताइएको छ ।

को को छन प्रवल दावेदार ?
काँग्रेसबाट मन्त्री हुन चाहनेहरुको संख्या धेरै भएपनि पछिल्लो समयमा ६ जनाको शसक्त दावेदारी देखा परेको हो ।

काँग्रेसबाट शेखर समूहका सुरेश अधिकारी र संस्थापन समूहका राजीव विक्रम शाहको मन्त्री बन्ने करिब निश्चित जस्तै छ ।

यस्तै, अन्य दुई मन्त्री पदका लागि भने चार जनाको भिडन्त छ ।

हुम्लाकी विजया बुढा र नेपाली काँग्रेस केन्द्रीय सदस्य जानकी सिंह मध्ये एक जना मन्त्री बन्ने सम्भावना छ भने दैलेखका घनश्याम भण्डारी र पूर्ण चालिसे मध्येबाट एक जना मन्त्री बन्ने देखिएको काँग्रेस स्रोतले पहिलोप्रेसलाई बतायो ।