Loading... आजः २२ आश्विन २०८१, मंगलवार

देउवा र खड्काबीच बढदै विवाद, जानकीलाई मन्त्री हुनबाट रोक्दै खड्का


सुर्खेत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खडकाबीच विवाद सुरु भएको छ ।
कर्णाली प्रदेश सरकारमा सहभागि हुन तयार भएको काँग्रेसमा मन्त्री छनौटमा खड्काले केन्द्रीय सदस्य जानकी सिंहलाई रोक्न खोजेपछि सभापति देउवा र उपसभापति खड्काबीच टसल सुरु भएको हो ।

तत्कालिन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा काँग्रेसबाट वरिष्ठताको आधारमा मन्त्री छान्ने सहमति विपरित दल नेता जीवनबहादुर शाहीले उपसभापति खड्काको सहमतिमा तीन जनालाई मन्त्री बनाएका थिए ।

त्यतिबेला काँग्रेसका केन्द्रीय सदस्यद्धय राजीव विक्रम शाह र जानकी सिंहलाई मन्त्री अर्को चरणमा बनाउने सहमति काँग्रेस सभापति देउवासँग खड्का र शाहीले गरेका थिए ।

‘अहिले मलाई मन्त्रीको दावीबाट पन्छिएको भनेर हल्ला चलाइएको छ ।’ मन्त्री आकांक्षी सिंहले पहिलोप्रेसलाई भनिन, ‘त्यो हल्ला मात्र हो । मेरो पक्षमा सभापति हुनुहुन्छ । मन्त्री बन्नबाट रोक्ने कार्य उपसभापति खड्काले गरेपछि यो विवाद सभापतिसम्म पुगेको छ ।’

उनका अनुसार खड्का आफ्नै जिल्लाका भएपनि आफूमाथि राजनीति गरिरहेको आरोप लगाईन ।

‘उहाँले मलाई रोक्न खोज्नु गलत हो । वरिष्ठताको आधारमा भएपनि यसपटक मेरो मन्त्रीमा दावी स्वभाविक हो ।’ उनि भन्छिन, ‘जहाँ पनि पेल्न खोज्नु भनेको म माथि राजनीति गर्न खोज्नु हो । यो कदमले उहाँकै हाईट घट्छ ।’


सम्बन्धित समाचार