Loading... आजः ४ पुष २०८१, बिहीबार

कबिता: मान्छे र दृष्टिकोण 

माननीय घनश्याम भण्डारी
माननीय घनश्याम भण्डारी,सुर्खेत ।
किन होला मान्छे अरुलाइ झुक्याएर
आफू अगाडि बढ्न खोज्ने !
मान्छे एकदिन, एकछिन भए पनि
आफै मात्र अघि बढन खोज्ने ?
जहाँ जे होस जस्तोसुकै परिस्थितिमा पनि
दुःखमा आफ्नै भाग्यले त साथ छोड्छ
यो सब जानेर पनि
अरूबाट फेरी आश गर्ने मान्छे
दुई चिज बदलिन समय लाग्दैन
मान्छेलाई कमजोर
 र भाग्यलाई खराब कहिल्यै नसम्झिनु
कति खेर के हुन्छ भन्न सकिन्न
न आत्तिनु नमात्तिनु है मान्छे
आफूलाई सधै शान्त राख्नु
 सबैभन्दा उत्कृष्ट कला र क्षमता हो मान्छे
को !
दृष्टि सुन्दर भएमा दृष्टिकोण सुन्दर बन्छ
तिम्रो हेराइ संसारको सबै भन्दा सुन्दर चिज हो,
जसरि हेर्छौं तिमी दुनियाँ र दुनियाँको मान्छेहरु
त्यस्तै देखिन्छन !
जिबनका केही पाटाहरु फरक छन
अबस्था र ब्यबस्थाको बिचमा भिन्नता छ
यहि भिन्नता  भित्र पनि भिन्नता भेटिन्छ
 ठूलो कुरा ब्यवहारिकता हो
 कुरा आदर्शको  गर्दैमा कोही महान हुदैन।
मैले छोटो जीवन कालमा देख्नु पर्ने सबै देखिसके
अनि चिन्नु पर्ने सबैलाइ चिनिसकें
अब बुझीसके हुला सायद यो संसारमा
आफु बाहेक
अरु कोही आफ्नो हुँदैन !
कतै हजुर भ्रममा हुनुहुन्छ की अझै ?
( २०८१/४/१४ सोमबार इत्राम सुर्खेत )

सम्बन्धित समाचार