दुर्घटनामा परेका सर्केगाड उपाध्यक्ष कार्कीको उपचारका क्रममा निधन
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की ‘मुक्ति’ को निधन भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा फोर्स गाडी दुर्घटना हुँदा उनी शख्त घाईते भएका थिए ।
उनलाई दुर्घटना लगत्तै उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा करिब राति एक बजे निधन भएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि अध्यक्ष विमला केसिले जानकारी दिईन ।
हिजो सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ को एमाले मोडमा दुर्घटना हुँदा सवार २४ जना यात्रु नै घईते भएका थिए । उनीहरु सम्पूर्णको उपचार भईरहेको जनाईएको छ ।
अन्य घाईतेहरु कोही सामान्य र कोही शख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनि सर्केगाड गाउँपालिकाका उपाध्यक्ष तथा माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य समेत थिए ।
उनकी श्रीमती जुम्कित लामा कर्णाली प्रदेश सभा सदस्य छिन् ।
पहिलोप्रेस
४ भाद्र २०८१, मंगलवार ०७:३५