खेलकुद मन्त्री चौधरी सुर्खेत आए, दशौं खेलकुदको तयारीबारे जानकारी लिदैं
सुर्खेत । आगामी मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन गई रहेको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे स्थलगत अध्ययन गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी वीरेन्द्रनगर आइपुगेका छन् ।
आज विहान बुद्ध एअरको जहाजबाट उनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग लगायत ११ सदस्यीय टोलिको नेतृत्व गर्दै वीरेन्द्रनगर आएका हुन । उनको टोली अहिले प्रदेश रंगशाला स्थित कभर्डहलमा पुगेको छ ।
आगामी मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन गई रहेको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीपन, रंगशाला (कभर्डहल निर्माण, खेलाडीहरूको बन्दोबस्ति पक्ष, खेल क्षेत्र संग सम्वन्धित विषयमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, लगायत सरोकारवाला निकायहरू सित भेटघाट तथा छलफल, प्रदेश रंगशाला निरिश्रण तथा अवलोकन गर्ने उदेश्यले मन्त्री लगायतको टोलि सुर्खेत आएको हो ।
पहिलोप्रेस
४ भाद्र २०८१, मंगलवार १२:०७